मनकारी अध्यक्ष बस्याल जसले आफ्नो तबल सामाजिक क्षेत्रमा खर्च गर्छन्

पाल्पा ।
तपाई हामी सबैले सुनी रहेको कुरा हो । पछिल्लो समय जनप्रतिनिधि पुरै कमाउ धन्दामा छन । नहुन पनि कसरी निर्वाचनमा ठुलो खर्च भएको हुन सक्छ । तिनै निर्वाचन खर्च उठाउन जनप्रतिनिधि ठेक्कापट्टा देखि तस्करी सम्म संग्लगन भएका समाचार दिनै पिच्चे आएका हुन्छन । तर सबै जनप्रतिनिधि नराम्रो काममा लागेका छैन्न ।
पाल्पाको बगनासकालि गाउँपालिका अध्यक्ष कृष्ण प्रसादले आफ्नो तलब सामाजिक क्षेत्रमा खर्च गर्नुहुन्छ । अध्यक्ष बस्यालले आफ्नो तलब भत्ता बोटे समुदायका विद्यार्थीहरु, गरिव, असाहयहरुलाई न्यानो कपडा, लामो समय सम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्यु सँग लडिरहेका असाहय विरामी सँगै धार्मिक ,शैक्षिक, र पर्यटकीय क्षेत्रमा खर्च गर्दै आउनुभएको छ ।

केही जनप्रतिनिधिहरुले निर्वाचनका बेला जुन किसिमका आस्वासन बाड्छन्, निर्वाचन जितिसके पछि फर्केर समेत जनता समक्षा नजाने जनप्रतिधिनिका लागि एउटा गतिलो उदाहरण पेस गर्न बस्याल सफल बन्नु भएकोमा जनता खुसी छन् । अध्यक्ष बस्यालले अहिले बगनासकाली ९ का किसानहरुलाई सहकारीको समन्वयमा बाखा्र पैचो दिनुभएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको आर्थिक सहयोग र मालरानी बचत तथा ऋण सहकारीको समन्वयमा बाख्रा वितरण गरिएको हो ।

शनिबार एक कार्यक्रमको आयोजना गरी सहकारीमा आवद्ध १० जना विपन्न वर्गका सदस्यहरुलाई एक ÷ एक वटा बाख्रा वितरण गरिएको छ । विपन्न वर्गका व्यक्तिहरुलाई आयआर्जनमा लागि आत्मानिर्भर बनाउन बाख्रा वितरण गरिएको सहकारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *