काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
बच्चाको उपचार खर्चका लागि जापानमा आर्थिक अभियान
कौरव खत्री
गुल्मी । नवलपरासीको एक बच्चाको उपचारको लागि जापानमा आर्थिक सहयोग अभियान शुरु भएको छ । गैडाकोट नगरपालिका भृकुटी चोकमा ठेला गरि जीवन निर्वाह गदै आएका कृष्ण पौडेलकी २२ महिनाकी छोरी सिमरन पौडेल शरिरमा तातो तेल परेर शरिर जलेको हुदा बच्चाको स्वास्थ्य उपचारमा सहयोग पु¥याउनका लागि आर्थिक सहयोग जुटाउन जापानमा अभियान थालिएको हाल जापानमा रहेका आर्थिक संकलन अभियानका अभियान्ता समाजसेवी कृष्ण सापकोटाले जानकारी दिए ।
समाजसेवी सापकोटाले भने आर्थिक अवस्था कमजोर भएका पौडेलको स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले आफूहरुलाई आग्रह गरपछि आफूहरुले जापानमा विभिन्न व्यक्तिहरु हालसम्म करिव २५ हजार जति आर्थिक सहयोग जुटेको बताए । साथै पौडेलको लागि आफूसक्दो सहयोग गरिदिन समेत आग्रह गरे ।
पारिवारिक अवस्था कमजोर भएको पौडेलले छोरीको उपचारका लागि भरतपुर चितवन मेडिकल कलेजमा भर्ना गरिएको बताइएको छ ।