नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

त्रिभुवन आर्मी क्लव भलिबल प्रतियोगिताको सेमिफाईनलमा
पाल्पा । त्रिभुवन आर्मी क्लव पाल्पाको रामपुरमा जारी इन्डो नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
शनिबार भएको लिग चरणको खेलमा समुह ए को मणिमुकुन्द भलिबल क्लव रुपन्देहीलाई ३÷० को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो सेटमा २५÷१७, दोस्रो सेटमा २५÷२१ र तेस्रो सेटमा २५÷२२ अंकले पराजित गरेको थियो ।
समुह ए को जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै ३ अंक बटुलेको आर्मीले लिग चरणमा ६ अंक बनाउन सफल भएको थियो । यस्तै समुह ए अन्तर्गत नै रहेको जिल्ला भलिबल संघ तनहुँ र मणिमुकुन्द भलिबल क्लव बीचको खेल एक एक सेटको बराबरीमा रोकिएको छ । खेलको पहिलो सेट मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले ३०÷२८ अंक सहित हात पारेको थियो । साथै दोस्रो सेट जिल्ला भलिबल संघ तनहुँले २५÷२२ अंक सहित हात पारेको हो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन ।