बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

माघ २ गते सार्वजनिक बिदा
टीकापुर । माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् ।
टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताउनुभयो ।
सार्वजनिक बिदाका दिन स्थानीय तहका कार्यपालिका कार्यालय, वडा कार्यालय र अन्य विषयगत कार्यालय बन्द रहने छन् ।