नेपाललाई फसाउने षडयन्त्र भइरहेको छ : बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फसाउने षडयन्त्र भइरहेको बताउनुभएको छ । देकाचामा आज भक्तपुर नगरपालिकाको चौथो नगरसभामा उहाँले नेपाललाई फसाउने षडयन्त्रप्रति सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

यसैबीच भक्तपुर नगरपालिकाले आव २०७५÷७६ को साउनदेखि मङ्सिरसम्म आन्तरिकतर्फ रु १७ करोड ९७ लाख ५९ हजार राजश्व सङ्कलन गरेको छ । नगरसभामा नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आव २०७४÷७५ को सोही अवधिमा रु १३ करोड ९९ लाख ४३ हजार राजश्व सङ्कलन गरेकामा चालू आवमा २८.४५ प्रतिशतले राजश्व वृद्धि भएको जानकारी दिनुभयो ।

नगरपालिकाले आव २०७५÷७६ मा ४१ नगरस्तरीय योजनाका लागि रु ३६ करोड ५१ लाख २३ हजार रकम विनियोजन गरेकामा ५० प्रतिशतसम्म निर्माण सम्पन्न भएको जनाएको छ । त्यस्तै क्रमागत योजनामा रु १६ करोड २३ लाखको योजनामध्ये भौतिक पूर्वाधार विकासतर्फ २० र सम्पदातर्फ १३ योजना सम्पन्न भएको छ ।

सूर्यविनायकको ५५ प्रतिशत राजश्व सङ्कलन

नगरसभाको दोस्रो चरणमा नगरपालिकाका प्रगतिबारे नगर सभाका सभापति एवं नगरप्रमुख वासुदेव थापाले नगरपालिकाले गरेको प्रगतिबारे जानकारी गराउनुभयो । सूर्यविनायक नगरपालिकाल चालू आव २०७५/७६ को पाँच महीनामा लक्ष्यभन्दा ५५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको उहाँले बताउनभयो । नगरपालिकाले आन्तरिक राजश्वतर्फ रु १२ करोड १० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ महीनामा रु ६ करोड ६५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *