हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
फाष्ट ट्रयाक द्रुत गतिमा
तानसेन ।
पाल्पा सदरमुकाम तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सुरु गरिएकोे फाष्ट ट्रयाकको योजना अन्तिम चरणमा पुगेको छ ।
स्थानीयतहको निर्वाचन संगै सदरमुकाम केन्द्रित कार्यालय स्थानीयतहमा स्थानान्तरण भएपछि सुनसान बन्दै गएको सदरमुकाममा चहल पहल बढाउन स्याङ्जाको आलमदेवी, विर्घा, कालीपार क्षेत्रलाई केन्द्रित गरी डक निर्माण प्रक्रिया सुरु भएको थियो । तानसेन बौघागुम्वा छेरलुङ कालीगण्डकी सडकलाई नगरपालिकाले सडक वर्षको पहिलो प्राथमिकतामा राखेको थियो । तानसेन नगरपालिकाको वडा नंं १३ छेरलुङका जनताले सवारी साधनमा ४० किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यता फाष्ट ट्रयाकै कारण १३ किलोमिटरमा सिमित भएको छ । फाष्ट ट्रयाक भएर स्याङजा, पर्वत, गुल्मीका बासिन्दाले सहज रुपमा आवतजावत गर्न सक्नेछन भने आफ्ना उपजलाई ठुलो व्यापरिक केन्द सुनौली, भैरहवा, वुटवलसम्म काम लागतमा पु्याउन सक्ने छन ।
यो सडकले बौघागुम्बा रहेको मगर होमस्टे, तरकारी र पशुपालनको पकेट क्षेत्र बनेकाले अन्तरिक तथा बह्य पर्यटक भित्राउन सहज हुने छ ।