हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
ब्यवसायिक सुन्तला खेतीमा गुल्मेली युवाको आकर्षण
कौरव खत्री
गुल्मी । ददल्काका एक व्यक्तिले सुन्तलाबाट राम्रो आम्दानी गदै आएका छन् । मुसिकोट नगरपालिका वडा नं. ९ ददल्का बस्ने ३० बर्षीय सफल सुन्तला व्यवसायी सुधन खरेलले विगत ८ बर्षयता निरन्तर रुपमा गाँउमै बेसर रुपमा सुन्तलाको कारोवार गदै आएका छन् ।
सुन्तला व्यवसायी सुधन खरेलले भने आफू गाँउमै बसेर राम्रो मिहेनत परिश्रम गर्न सके केही गर्न सकिन्छ भन्दै सबैलाई कामको सिको गराउदै र गाँउमा उत्पादित सुन्तला, अदुवा लगायत सिजन अनुसारका कृषि उपजहरुलाई गाडी मार्फत स्थानीय र ठूला शहर बजारसम्म सहज रुपमा बजारसम्म पु¥याउदै विक्रिवितरणमा आफू व्यस्त रहेको बताए ।
साथै सुन्तला व्यवसायी खरेलले भने, यो सिजनमा सुन्तलाको लागि अनुकुल हावापानी र मौसम राम्रो भएको र सुन्तला फुल खेल्ने बेलामा पानी परेको र हावा हुरी बतास समेत नलागेको हुनाले सुन्तला उत्पादनमा गएको बर्षमा भन्दा यस बर्ष सुन्तला उत्पादनमा पचास प्रतितशतले वृद्धि आएको बताए ।
व्यवसायी खरेलले भने,ददल्काको गाँउबाट करिव ३ सय कुन्टल सुन्तला फलेको र विक्रिवितरणको लागि सरदरमा बजारमूल्य प्रतिकेजी ५०देखि ५५ रुपैया सम्ममा सुन्तला विक्रिवितरण हुने गरेको बताउदै यो सिजनमा मात्रै ददल्कामा झण्डै १६ लाख देखि २० लाखसम्मको सुन्तला विक्रिवितरण गरेको उनले बताए ।
साथै पछिल्लो समयमा ददल्का गाँउमा यातायातको सुविधाले गर्दा गाँउका सुन्तला खरिद गरेर सुन्तलालाई ए,वी र सी ग्रेटमा ग्रेडिङ गरेर व्यवस्थित तरिकाले काटुङमा प्याकिङ गरेर गाँउबाटै गाडी मार्फत सुन्तला मूख्य शहर पोखरा बुटवल र काठमाण्डौसम्म पुगेको सुन्तला व्यवसायी खरेलले बताए ।
साथै ददल्का गाँउका सुन्तलाले उचित बजार पाउन थालेपछि सुन्तला किसानहरुमा उत्साह थपेको छ । सुन्तलाबाटै आफ्नो सामान्य जिविकोपार्जन गर्ने झण्डै ३०देखि ४० जनासम्म ददल्कामा सुन्तला किसानहरुले सुन्तला खेती गदै आइरहेका छन् ।
यस्तै सोही वडाका अर्का स्थानीय सुन्तला किसान गंगाराम खरेलका अनुसार गाँउमा यातायातको सुविधाले गर्दा गाँउमै गाडी लिएर सुन्तला व्यापारीहरु सुन्तला बगानमै आएर सुन्तला ठेक्का खरिद गर्न थालेको र सुन्तलालाई डोकोमा बोकेर लैजानु पर्ने बाध्यता त हटेको छ तर अझै पनि सुन्तलाले उचित बजार मूल्य पाउन नसकेको बताए ।
ददल्काकालाई सुन्तला उत्पादनको लागि उर्वरभूमि मानिन्छ । केहि बर्ष अगाडी ददल्कालाई सुन्तला पकेट क्षेत्रको रुपमा समेत घोषणा गरि सकिएको छ ।