यी हुन् सस्तोमा मीठो खाना पाइने काठमाडौंका होटल/क्यान्टिन

काठमाडौं । हामीले दैनिक खानामा घर खर्च कति गर्छौ ? यसकाबारेमा कसैले हिसाब राख्दैन । तर, घरबाहिर खानाखाने गरेका छौँ भने कतिखर्च हुन्छ भन्ने मोटामोटी हिसाब हुन्छ नै । कहिलेकाहीँ हामीलाई काम विशेष वा बाध्यताले पनि घरबाहिर खानाखानु पर्ने अवस्थाआउँछ । कतिपय अवस्थामा अस्पताल बस्दा वाअन्यकामले होटलको खानाखानु पर्ने हुन्छ । यस्तो अवस्थामा हामीले सफा र किफायती ठाऊँ संझिन्छौं । र, खोज्छौं ।

कतिपयले सोचेको जस्तै काठमाडौंमा भएका सबै होटल तथा क्यान्टिन महङ्गो र फोहोर छैनन् । हामी सस्तो होटलका खाना फोहोर भएको मान्दै आएका छौँ । तर, सबै सस्तोमा खाना खुवाउने होटल फोहोर भने हुँदैनन् । यस्ता होटलहरु पनि व्यवस्थित र सफा हुने गर्छन् । यसै विषयलाई आधार बनाएर काठमाडौंमा सस्तोमा राम्रो र मीठो खाना पाइने होटलहरुका बारेमा जानकारी गराउने प्रयास गरेका छौँ । जहाँ जो कोहीले गएर खानाखान पाउँछ ।

वीर अस्पताल क्यान्टिन

वीर अस्पताल नेपालकै पुरानो अस्पताल हो । दैनिक सयौंको संख्यामाविरामीले उपचार गर्ने अस्पतालको क्यान्टिनमा सयौँले खानाखाँदै आएका छन् । विरामीका लागि विभिन्न प्रकारका खाना पाइने यस क्यान्टिङमा सबैकालागि सस्तोमा खाना खुवाउँदै आइएको छ ।

क्यान्टिनले ग्राहकलाई सादा खाना जम्मा ७० रुपैयाँमा खुवाउदै आएको छ । यसैगरी ग्राहकले चिकेन खाना ११० रुपैयाँमा खान पाउने छन् ।

व्यवस्थापकीय रुपमा होटलको किचन सरसफाईमा पनि ध्यान दिएको छ । होटलको किचनमा हरेक परिकारलाई फरक फरक राखिएको छ । सामान्यतय विरामीलाई समेत उचित हुने गरी खाना तयार गरिन्छ ।

यहाँ विशेषतः अस्पतालमा आएका विरामी कुरुवा, डाक्टर नर्स लगायत अस्पतालका कर्मचारीहरु खाना तथा खाजाका लागि आउने गरेका छन् । यस क्यान्टिनमा अस्पतालसँग सरोकार नराख्नेहरु पनि जाने गर्छन् । क्यान्टिङ वीर अस्पतालमा रहेको मन्दिर अगाडि रहेको छ ।

 सिभिल अस्पताल क्यान्टिन

सस्तो र सफाखानाका लागि वानेश्वरस्थित सिभिल अस्पतालको क्यान्टिन सबैको लागि राम्रो स्थान रहेको छ । मूलतः अस्पतालमा आएकाविरामी तथा आफन्तलाई लक्षित गरी सञ्चालन गरिएको क्यान्टिनमा बाहिरका मानिसहरु पनिजाने गरेका छन् ।

खानाका साथै क्याटिनमा सस्तोमा खाजा पाइन्छ । होटलमा दैनिक सयौँ मानिसहरुले सेवालिने गरेको होटलका एक कर्मचारीले बताए । ग्राहकलाई सुविधाकालागि टोकन प्रणाली राखिएको छ । यसैगरीहोटलमा माइकिङबाट अर्डर लिएका ग्राहकलाई बोलाइने गरिन्छ ।

होटलले ग्राहकलाई चाहिने खाना आफै लिने व्यवस्था मिलाइएको छ । बाहिर मनोरम वातावरण भएकाले अस्पतालका स्टाफहरु बाहिर राखिएको टेन्टमा बस्न सक्दछन् । होटलमा सादाखाना ८५, अम्लेट खाना १२५ र चिकेन खाना १५५ रुपैयाँमा खान पाइने होटलको सूचना बोर्डमा उल्लेख गरिएको छ ।

पर्याप्त ठाउँ भएकाले किचन सफा रहेको छ । यसका साथै सरसफाईमा व्यवस्थापकीय पक्षले ध्यान दिएकाले क्याटिन सफा रहेको छ । अस्पतालमा विरामीका लागिआवश्यक पर्ने सबै प्रकारका खाना उपलब्ध रहेको छ ।

 विद्युतप्राधिकरणको क्यान्टिन

मानिसहरुको अत्याधिक चाप हुने काठमाडौंको रत्नपार्कस्थित विद्युत प्राधिकरणको क्यान्टिन सबैकालागि सस्तो खाना पाइने स्थानमध्येको एक स्थान हो । सायदै कम मानिसलाई जानकारी भएको यस क्यान्टिनमा मूलतःप्राधिकरणका कर्मचारीबाहेकका मानिसहरु कमै पुग्दछन् ।

प्राधिकरणको कार्यालयमा बाहिरी मानिस काम नहुने भएकाले क्यान्टिनमा बाहिरी मानिसहरु क्याटिनमा जाने मेसोसम्म पाउँदैनन् । तर, कार्यलयको अण्डर ग्राउण्डमा भएको क्यान्टिन भने व्यवस्थित रहेको छ ।

आरामदायी तथा शान्त ठाउँमा रहेको क्यान्टिनले ग्राहकलाई सस्तोमा खानाको व्यवस्था गर्दै आएको छ । ग्राहकले हाफ खानासम्म खान पाउने व्यवस्था गरेको क्यान्टिनले जम्मा ७५ रुपैयाँमा सादा खाना खुवाउँदै आएको छ । ग्राहकले सादा खानामा दही खाए भने १ सय रुपैयाँ लाग्नेछ । यसैगरी क्यान्टिनले चिकेन खानालाई एक सय र मटन खानालाई १ सय २५ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । ग्राहकले हाफ चिकेन र मटन खाना खाए भने १ रुपैयाँ तिर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *