बडिगाडमा सफल जलयात्रा परीक्षण, नयाँ वर्षदेखि मुसिकाेटले व्यवसायिक जलयात्रा गर्ने

कौरव खत्री
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले बडिगाड नदीमा विहिबार राफ्टिङ्गको परीक्षण गरेको छ । विहिबार बाग्लुङ्गको बडिगाड गाँउपालिकाको भिमगिठे देखी गुल्मीको भुवाचिदी सम्मको जलयात्रामा त्रिशुली नदीमा जलयात्रा गराइरहेको ७ सदस्यीय विज्ञ टोलीले गुल्मीको मुसिकोट नगरपालिका र बाग्लुङ्गको बडिगाड गाँउपालिकाको टोलीद्धारा बडिगाड नदीमा जलयात्रा गरिएको हो ।

बडिगाड नदीमा जलयात्राको प्रशस्त संम्भावना रहेको जलयात्राको टोलीले निष्कर्ष निकालेको छ । नदीमा रहेका ठुला ढुङ्गाहरु मिलाउने र पानीको वहावलाई उचित व्यवस्थित गर्न सकेको खण्डमा जलयात्राको माध्यमबाट प्रशस्त पर्यटक भित्राउन सकिने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

आगामी बर्ष केही रकम लगानी गरेर बडिगाड नदिमा राफ्टिङ्ग सञ्चालन गर्ने विषयमा तयारी गरिने उनको भनाइ छ ।जलयात्रा गरिसकेपछिको आफ्नो अनुभव सुनाउदै नगरप्रमुख सापकोटाले पहिलो पटक जलयात्राको अनुभव लिएको र यात्रा रमाइलो भएको बताए ।

जलयात्रामा नगरप्रमुख सापकोटा सहित बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारी, मुनपा ७ का अध्यक्ष प्रकाश काफ्ले, मुनपा ८ का अध्यक्ष नारायण सापकोटा, बडिगाड ६ का अध्यक्ष मौसम काजी क्षेत्री, पत्रकार लगायतको सहभागीता रहेको थियो । नगरपालिकाले चालु आथिक बर्षको नीति तथा कार्यक्रममा बडिगाड नदीमा राफ्टिङ्ग चलाउने भनि बजेट समेत विनियोजन गरेको थियो ।

बडिगाड नदी राफ्टिङ्गको माध्यमबाट पर्यटन प्रर्वद्धन गरी प्रशस्त आम्दानी गर्न सकिने नदी हो । यस सम्पदाको सही सदुपयोग गरी स्थानीय सरकारको आम्दानी वृद्धि गर्ने तर्फ नेतृत्वको ध्यान पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *