यसरी तयार पार्नुहोस् चिकेन साँधेको

काठमाडौं । चिकेन विश्वमा धेरैले रुचाउँने र सबै ठाउँमा पाइने मासु हो । रातो मासुको तुलनामा चिकेन स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको पोषणविद्दहरु बताउँछन् ।

आ आफ्नो स्वाद र शिल्पी अनुसार चिकेनका विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । अधिकांश नेपालीहरुलाई चिल्लो र पिरो मनपर्छ । त्यसैले अचार वा साँधेको खानेकुरा खूबै मीठो लाग्छ । खाजा र ड्रिङक्स गर्नेका लागि अझ उपर्युक्त मानिन्छ साँधेका खानेकुराहरु । त्यसैले यसपटक हामी चिकेन साँधेको परिकार तयार पार्ने विधिबारे उल्लेख गर्दैछौं ।

तपाई अष्ट्रेलिया,जापान वा अमेरिका जहाँ बसे पनि आफैंले थौरै मिहिनेत गरेर टिपिकल नेपाली स्वादको जिब्रोमै ट्वाक्क लाग्ने पीरो चिकेन साँधेको बनाएर आफैं खान वा साथीभाइलाई खुवाउँन सक्नुहुन्छ ।

आवश्यक सामग्री :

कुखुराको मासु :आधा केजी
पेस्ट : २ चम्चा
अदुवा : लसुन स् अलिकति
टिम्मुर : ४–५ दाना पिसेको
चिकेन मसला : आधा चम्चा
प्याज : एउटा
हरियो खुर्सानी : ५–६ वटा
धनियाँ : सजाउन
नुन : स्वादअनुसार
बेसार : आधा चम्चा

तयार पार्ने विधि

कुखुराको मासुलाई उसिनेर हड्डी निकाली एउटै आकारमा लाम्चो आकारमा काट्ने । त्यसमा अदुवा–लसुनको पेस्ट, टिम्मुर, चिकेन मसला एवं खुर्सानी हालेर मोल्ने । कागतीको रस, हरियो खुर्सानी एवं धनियाँ छर्किएपछि साँधेको चिकेन तयार हुन्छ ।
यो चिकेनलाई पुलाउमा हाल्ने । टमाटर उसिनेर पेस्ट बनाई गेडागुडी पकाएर त्यही पुलाउमा मिसाउने अनि खाने बेला दही मिसाउँदा अझ मीठो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *