ग्रीन टीले बढाउँछ स्मरण शक्ति

काठमाडाैँ । यो जाडोमा तातो तातो चिया पिउनुको मजा नै बेग्लै छ । जाडोको मौसममा अन्य समयमा भन्दा अलि बढी नै चियाका पारखीहरु भेटिन्छन् । चिया पिउनुका धेरै फाइदाहरु छन् । हुन त दुधहालेको चिया पिउनु राम्रो हुँदैन भन्नेहरु पनि छन् तर मात्रा मिलाउन भने जान्नुपर्छ । चियाका पनि धेरै प्रकारहरु छन् ती सबैका आआफ्नै गुणहरु पनि छन् । यहाँ हामीले ग्रीन टी का बारेमा चर्चा गर्दै छौँ ।

ग्रीन टीमा पाइने एक प्रकारको रसायनले मानिसको स्मरणशक्ति तथा सिक्ने कलामा बृद्धि हुने देखिएको छ । हालै बैज्ञानिकहरूले गरेको एक अध्ययनबाट यस कुराको पुष्टि भएको हो । चीनमा चोङकिङको थर्ड मेलिटरी मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार ग्रीन टीमा पाइने एक प्रकारको रसायनले मस्तिष्कको कोशिकाहरूलाई बलियो बनाउँछ र मानिसहरूको स्मरण क्षमतालाई बृद्धि गराउने गर्दछ ।

वैज्ञानिकहरूको दावी अनुसार, लामो समयदेखिनै ग्रीन टी लिने मानिसहरूको दिमागलाई राम्रो गर्दछ भन्ने मानिँदै आएको थियो, तर यति धेरै राम्रोसंग यसले काम गर्छ भन्ने कुरा भने हालैको अध्ययनले बढी पुष्टि गरेको हो । प्रोफेसर युन बाईका अनुसार, ‘‘ग्रीन टीले मुटुमा लाग्ने रोगहरूलाई समेत रोक्नमा मद्दत गर्दछ । यस सम्बन्धमा वैज्ञानिकहरूका बीचमा निकै विचार विमर्श भएको थियो, तर अहिले भने यस कुराको संकेत पाइएको छ कि ग्रीन टीमा पाइने तत्वले मानिसको मस्तिष्कलाई धेरै मात्रामा कृयाशील बनाउछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *