हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
देउवा निवासमा आयोजित कांग्रेसकाे चियापानमा के के भयाे ?
काठमाडौं । नेपाली कांग्रेसले संगठन विस्तारमा लाग्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवासमा आयोजना गरिएको चियापान समारोहमा नेतृत्वले जिल्ला सभापतिहरुलाई संगठन विस्तारमा लाग्न निर्देशन दिएको हो ।
सहभागी जिल्ला सभापतिहरुलाई सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश बोकेर जिल्ला फर्किन र संगठन विस्तारमा लाग्न निर्देशन दिए ।
नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीका अनुसार नेताहरुले मेलमिलाप दिवसदेखि नयाँ जागरणबाट अगाडि बढ्नुपर्ने बताए ।
महासमिति बैठकको समापन समारोहमा आइतबार बेलुकी सभापति देउवा र वरिष्ठ नेता पौडेलले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर कांग्रेस अब गाउँ–गाउँमा संगठन विस्तारका लागि जाने उद्घोष गरेका थिए ।
चियापान समारोहमा जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई जिल्लाका राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए ।
जिल्ला सभापतिहरुले महासमिति बैठकमा केन्द्रीय सदस्यहरु वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकमा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने माग गरेका थिए ।
उनीहरुको मागअनुसार विधान संशोधन नभए पनि नेतृत्वले मागलाई केन्द्रीय कार्यसमितिमा छलफल गरेर संशोधित विधानमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।