टाउको दुख्याे ? जानी राख्नुस् यस्ता छन् घरेलु उपचार

काठमाडाैँ । टाउको दुख्ने समस्याले नसताएको मानिस सायदै होलान् । हुन त टाउको दुख्नाका पनि धेरै कारणहरु हुन सक्छन् । बारम्बार वा लगातार बेस्सरी टाउको दुख्यो भने त अनिवार्य चिकित्सकहरुको सल्लाह लिनुपर्छ । राम्रोसँग चेक जाँच गरेर मात्र औषधी लिनुपर्छ । चिकित्सकहरुको परामर्स बिना कुनै पनि औषधी प्रयोग गर्नु राम्रो होइन । सामान्यतया टाउको दुखेको समस्या केही घरेलु उपायहरु अपनायौँ भने पनि निको हुन सक्छ । यहाँ हामीले टाउको दुखेको घरेलु उपचार विधिका बारेमा चर्चा गर्दै छौँ । घरैमा केही यस्ता विधिहरु अपनाउनुभयो भने सामान्य त टाउको दुखेको निको हुन्छ । उल्लेखित तरिका अपनाएर पनि टाउको दुख्न छोडेन आराम मिलेन भने चिकित्सकको परामर्स लिनुहोला –

१. तेजपत्ता हालेर कालो चिया बनाई त्यसमा कागतीको रस मिसाएर लेमन टी पिउनाले टाउको दुखाईमा अत्याधिक लाभ प्राप्त गर्न सकिन्छ ।
२. सफा चन्दन पाउडरलाई चामल धोएको पानीमा मिसाएर लेप बनाई टाउकोमा लगाएर आराम लिन सकिन्छ ।
३. सफा सुतीको कपडा पानीमा भिजाएर टाउकोमा राख्दा राहत महसुस गर्न सकिन्छ ।
४. लसुनलाई पानीमा पिनेर लेप बनाइ लगाउनाले पनि फाइदा हुन्छ ।
५. तुलसीको पात पिनेर त्यसको रस दिनमा दुई वा ३ पटक लगाउदा राहत प्राप्त गर्न सकिन्छ ।
६. चामल धोएको पानीमा जाइफल घोटेर त्यसलाई लेप बनाई लगाएमा टाउको दुखाईबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।
७. हरिया धनिया पिनेर लेप बनाई लगाएमा पनि एकदमै फाइदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *