याे जाडाेमा चिया पिउने कि कफी

काठमाडाैँ । याे जाडाेकाे माैसममा ताताे चिया कफी पिउनुकाे मज्जा नै बेग्लै छ । तर यदि तपाइँलार्इ चिया र कफीमा कुनै एउटा रोज्न भनियो भने चिया पिउनु तपाइका लागि धेरै राम्रो हुनेछ । किनभने चियामा अक्सिकरणरोधी (एन्टीअक्सीडेन्ट) गुण हुने गर्दछ । हालै गरिएको एक अनुसन्धानले देखाए अनुसार, चिया पिउनाले नन कार्डियो-भस्कुलर-(सिवि)को खतरा २४ प्रतिशत सम्म कम हुने गरेको देखिएको छ । स्पेन को बार्सिलोनामा यूरोपियन सोसाइटी अफ कार्डियोलोजी (ईएससी) कांग्रेस २०१४ मा फ्रान्सका प्रोफेसर निकोलस डानचिनले भने कि, कफी र चिया हाम्रो जीवनको एक महत्वपूर्ण अंश हो । हामीले फ्रान्सका नन कार्डियो-भस्कुलर-सिविको जोखिम भएका मानिसहरूमा चिया र कफिले पार्ने प्रभावका बारेमा निकै जाँच गर्यौ ।

अनुसन्धानमा १८ देखि ९५ बर्ष उमेर समूहका १ लाख ३१ हजार ४०१ मानिसहरू सहभागी भएका थिए । औसतमा ३५ बर्षको फलो-अप अवधिका क्रममा सिविका कारणले ९५ तथा यस बाहेकका कारणले ६३२ जना मानिसहरूको मृत्यु भएको छ । अनुसन्धानकर्ताहरूले यस अध्ययनका क्रममा के पाए भने कफि पिउनेहरूमा यो खतरा, कफी नपिउने मानिसहरूको अपेक्षा धेरै बढि थियो । कफि नपिउनेहरू शारीरिक रूपमा निकै सक्रिय थिए । काफी नपिउनाले शारीरिक सक्रियताको स्तर ४५ प्रतिशत, जबकि पिउनेहरूमा ४१ प्रतिशत मात्र रहेको थियो ।

चिया पिउने मानिसहरूमा सिवीको जोखिम प्रोफाइल निकै राम्रो थियो । हरेक दिन चिया पिउनेहरूमा शारीरिक गतिविधि ४३ प्रतिशत र धेरै चिया पिउनेहरूमा शारीरिक गतिविधि ४६ प्रतिशत सम्म बढेको थियो । अनुसन्धानका क्रममा के पनि पाइयो भने संक्षेपमा कफि पिउनेहरूमा जोखिमको स्तर धेरै र चिया पिउनेहरूमा जोखिमको स्तर कम हुने गर्दछ । यस अनुसन्धानमा अर्को कुरा के देखियो भने महिलाहरूको तुलनामा पुरूष कफि धेरै पिउने गर्दछन, जबकि महिलाहरू अपेक्षाकृत चियो धेरै पिउने गर्दछन । अब चिया र कफिमा के पिउने भन्ने रोजाइ तपाइँको हातमा रहेको कुरा अनुसन्धानकर्ताहरूले जनाएका छन्  । एजेन्सीकाे सहयाेगमा 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *