गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

‘नेपाल आइडल’ प्रतियोगी करिश्माले ल्याइन् ‘इको नि लाग्यो’
काठमाडौं । AP1HD टेलिभिजनकाे सिङ्गिङ रियालिटी साे ‘नेपाल आइडल २’को अडिसनबाटै चम्किएकी करिश्मा विष्टको पहिलो गीत ‘इको नि लाग्यो…’सार्वजनिक भएको छ । अडिसनको समयमा समेत उनले गाएको यो गीत नेपाल आइडियलको युट्युवमार्फत सार्वजनिक गरिएको हो । र्याप शैलीको यो गीतको भिडियोमा पनि करिष्मा विष्टनै देखिएकी छन् ।
गीतमा पढ्न नसकेको पिडा व्यक्त गरिएको छ । बिहिबार सार्वजनिक गरिएको गीतले युट्युवमा अपलाेड गरिएकाे छाेटाे समय मै निकै भ्यू पाएकाे छ ।