What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी
What To Know
- अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। शक्तिशाली धक्काले जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको थियो।.
- जापानी सार्वजनिक प्रसारक एनएचके का अनुसार जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवातेमा सुनामी चेतावनी जारी गरेको छ भने मियागी र फुकुशिमा का तटीय क्षेत्रमा सुनामी परामर्श जारी छ। प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ सर्न र समुद्री किनारबाट टाढा रहन आग्रह गरिएको छ।.
काठमाडौं । जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
जापान मौसम विज्ञान एजेन्सीले स्थानीय समय अनुसार राति ११ः१५ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पपछि होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रलाई विशेष सतर्क रहन आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। शक्तिशाली धक्काले जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको थियो।
जापानी सार्वजनिक प्रसारक एनएचके का अनुसार जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवातेमा सुनामी चेतावनी जारी गरेको छ भने मियागी र फुकुशिमा का तटीय क्षेत्रमा सुनामी परामर्श जारी छ। प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ सर्न र समुद्री किनारबाट टाढा रहन आग्रह गरिएको छ।
समाचार संस्था र अधिकारीहरूले जारी गरेका प्रारम्भिक विवरणअनुसार क्षति र प्रभावित अवस्थाको विस्तृत विवरण केही घण्टामा अपडेट आउने अपेक्षा गरिएको छ।
जापानमा यस्ता ठूला भूकम्प र सुनामीको जोखिम सामान्य घटना भएकाले अधिकारीहरूले राहत–उद्धार संयन्त्रलाई उच्च सतर्कतामा राखेका छन्।






