हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
फेवा आइडलको फाइनलमा पाल्पाको दशअबतार बालन नाच
पाल्पा सीता डोटेल ।
पोखरामा जारी फेवा आइडल २०७५मा पाल्पाको लोक नाटक बालन नाच फाइनलमा प्रबेश गरेको छ । झण्डै ५ बर्षअघिसम्म लोप हुने अबस्थामा पुगेको धर्माेदय दशअवतार सांस्कृतिक बालन लोकनाटक कालीगण्डकी बेशी क्षेत्र रामपुर उपत्यकाका स्थानीय जगर्नामा लागेपछि पुनः यसले जीवन पाएको थियो ।
फेवा टेलिभिजन पोखराले आयोजना गरेको प्रदेश स्तरीय फेवा आइडल अन्तर्गत सामुहिक लोक सांस्कृतिक नृत्य प्रतियोगिताको बिभिन्न चरण पार गर्दै पहिलो नम्बरमा फाइनलमा प्रबेश गरेको बालन समुहका सचिब दुर्गा प्रसाद भट्टराईले बताए । फेवा आइडलले बिभिन्न जिल्लामा गरेको अडिसनमा २ सय टिमले प्रर्दशनमा भाग लिएका थिए । जसमध्ये बिभिन्न श्रृङखला पार गर्दै कालीगण्डकी बेशीको लोक नाटक बालन फाइनलमा प्रबेश गरेको हो । भगवान्का १० वटै अबतारका चरित्र प्रद्र्धशन गरि बालन नाचिन्छ । फेवा आइडलको बालन प्रद्र्धशन सबै दर्शकका लागि भिन्न र आकर्षक बनेको बालन टिम स्याङ्गजाको बालिङमा भएको अडिसनमा आफ्नो कला प्रद्र्धशन गरेर फेवा आइडलमा प्रबेश गरेको थियो । त्यसलगत्तै छनौटमा परेर पोखरा पुगेको टोली पोखराको प्रद्र्धशनमा पहिलो नम्बरमा छनौट भई अघिल्लो राउण्डमा प्रबेश गरेकोे थियो । दोस्रो चरणमा उत्कृष्ठ दोस्रोमा पर्दै अघिल्लो चरणमा प्रबेश गरेको बालन समुह फाइनल प्रबेशमा पुनः पहिलो भएको छ । फाइनल प्रबेश गर्दा निकै खुसी लागेको धर्माेदय दशअबतार बालन समुहका अध्यक्ष लक्ष्मीचन्द्र पंगेनीले बताए । ३० देखि ५० जना कलाकार बालनमा आबश्यक हुन्छ– हामी रामपुर क्षेत्र कालीगण्डकी नदी वारिपारीका बालनिया कलाकार जान आउन सहज छैन उनले भने–त्यैपनि हाम्रै कलासंस्कृतिका लागि हामी उत्साहित भएर लागेका छौै । पोखराको कान्तिपुर पार्टी प्यालेसमा फाइनल प्रबेशका लागि २७ समुहबीच भएको प्रर्दशनमा बालन लोक नाटक पहिलो नम्बरमा अगाडी बढेको हो ।
बालन नाच सहित मंगलबार १३ समुहको प्रद्र्धशनी र बुधबार १४ समुहको प्रद्र्धशनी भएको बालन सांस्कृतिक तथा संरक्षण समितिका सहसचिब शिब पाण्डेले बताए । २ दिनको प्रर्दशनीबाट फाइनलमा १४ टिम पुगेको छ । जुन टिममा बालन समुह प्राप्त नम्बरको आधारमा पहिलो नम्बरमा रहेको लोक संस्कृतिबिद् तथा निर्णायक समितिका सदस्य तुलसी प्रवासले जानकारी दिए । फेवा आइडलको फाइनल आगामी पुष दोस्रो साता हुने फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले बताए । पोखरामा नै पहिलो पटक सबै भन्दा धेरै राशीको पुरस्कार रहेको फेवा आइडलमा प्रथम हुनेले नगद ३ लाख ५० हजार, द्धितियले नगद २ लाख, तृतीयले नगद १ लाख ५० हजार र सान्त्वना हुनेले नगद १ लाख नगद सहित उत्कृष्ठ १० टिमले ३० हजार नगद पुरस्कार सहित आकर्षक गिफ्ट प्राप्त गर्नेछन् ।