स्थानीय र प्रदेशका रिक्त ठाउँमा उपनिर्वाचन गर्न निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था परामर्श समितिले आगामी चैतदेखि वैसाखसम्म उपनिर्वाचन गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबारको बैठकले स्थानीय र प्रदेशका रिक्त ठाउँमा उपनिर्वाचन गर्न निर्देशन दिएको हो । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्य र वडा सदस्यको पदपूर्ति हुन बाँकी छ । राजीनामा, मृत्यु जस्ता कारण उक्त पद रिक्त हुँदै आएको छ ।

१ सय ७५ स्थानमा भने दलित महिला सदस्यको उम्मेदवारी परेको थिएन । सोलुखुम्बुको तिङ्लका सबै पद रिक्त छन् । भक्तपुर १ ‘क’ को प्रदेशसभा सदस्य, सुनसरी धरान नगरपालिका मेयर, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पद रिक्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *