नवलपुरमा कुष्ठरोगको औषधी अभाव

नवलपुर । पूर्वी नवलपरासीमा सरकारले निशुल्क वितरण गर्ने कुष्ठ रोगको औषधी अभाव भएको छ । सरकारले नियमित रुपमा सेवन गराउदै आएको कुष्ठरोगको औषधी नवलपुरमा एक महिना देखि अभाव देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन । नवलपुरका स्वास्थ्य चौकी र अस्पतालबाट विरामीलाई निशुल्क रुपमा उपलब्ध हुने एम डि एडट्,डि डि यस र एम डि टायल नामक औषधि अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरले जनााएको छ । निमित्त जनस्वास्थ्य प्रमुख इन्द्रमणी भण्डारीले औषधी अभाव भएपनि नियमित सेवन गर्ने विरामिहरुलाई भने अन्य क्षेत्रबाट मगाएर औषधि दिने गरिएको बताउनुभयो ।

जिल्लामा करिब ६० जना कुष्ठ रोगका बिरामी रहेका छन् । सरकारले कुष्ठ रोगीहरुलाई नियमित रुपमा औषधी खुवाउनको लागि स्वास्थ्य चौकीहरु मार्फत अनुगमन गराउने गर्छ । कुष्ठ रोगीहरुले खाने गरेको औषधि एक माहिना देखि नपाएको गुनासो गरेका छन् ।

नारायणी स्वास्थ्य चौकी प्रमुख टोला प्रसाद भुर्तेलले आफ्नो स्वास्थ्य चौकीमा कुष्ठ रोगीले सेवन गर्ने औषधि सकिएको र पटक–पटक जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी गराउदा समेत उपलब्ध नभएको बताउनुभयो । पहिला यस्ता औषधीहरु बुटवल स्थीत क्षेत्रिय निर्देशनालयले उपलब्ध गराउदै आएपनि पछिल्लो समय प्रादेशिक अस्पतालबाट औषधी आउने गरेको छ । जिल्लाका करिब ४० स्वास्थ्य चौकी तथा अस्पतालबाट नियमित औषधि वितरण गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *