तानसेन नगरपालिकाका कर्मचारीले बुझाए मेयरलाई ध्यानकर्षण पत्र

पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा कार्यरत करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुले सेवा सुविधा कटौति र समान व्यवहार नभएको भएको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषण गरेका छन ।
तानसेन नगरपालिकामा कार्यरत करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई हाल सम्म पोशाक भत्ता , महंगी भत्ता तथा पद तह अनुसारको तलबको व्यवस्था नभएको भन्दै नगरप्रमुख र प्रमुश प्रशासकिय अधिकृतलाई ध्यानकर्षण पत्र बुझाएका छन । करार तथा ज्यालादारी कर्मचारीहरले उल्लेखीत सेवा सुविधाको तत्काल व्यवास्था गर्न गर्न नगरप्रमुख अशोक कमार शाही , प्रमुख प्रशासकिय अधिकृत कृर्तनराज पौडेललाई माग तत्काल सम्बोधन गर्न आग्रह गरेको नेपाल नगरपालिका कर्मचारी एशोसियशन जिल्ला अध्यक्ष कौशलराज घिमिरेले बताउनु भयो ।
यस्तै सरकारले जारी गरेको कर्मचारी संयोजन अध्यादेश आफुहरुको हित विपरित भएको भन्दै जिल्ला समन्वय समिति ,नगरपालिका ,र गाउँपालिकामा कार्यरत अस्थायी ,करार , ज्यालादारी र सामाजिक परिचालकाले असुन्तुष्टि जनाएका छन । उनिहरुले साविक स्थानिय निकाय निकायका श्रेणी विहिन कर्मचारीहरुको स्तरवृद्धि साथै तहको वढुवा लगायत वृति विकास तत्काल लागु गर्न सरकार समक्ष आग्रह गरेको आधिकारीका ट्रेड युनियन जिल्ला अध्यक्ष दिवाकर अर्यालले जानकारी दिनुभयो ।
सरकारले हालै जारीको कर्मचारी समायोजन अध्यदेश २०७५ मार्फत स्थानिय सरकार सञ्चालन ऐन , २०७४ को दफा ८७ बमोजिम साविक स्थानिय निकायका कर्मचारीको स्थायित्व साथै निरन्तरताको व्यवस्था गर्न जोडदार माग गरेका छन । यदि आफुहरुको मागलाई अध्यादेशमा उल्लेख नगरे कडा संघर्षमा जाने चेतावनी दिएका छन । पाल्पाका १० वटा स्थानिय तहमा ७ सय बढी करार तथा ज्यालादारी कर्मचारी छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *