हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कोरम नपुगेपछि अर्थ र कृषि समितिको बैठक स्थगित
काठमाडौं । कोरम नपुगेपछि संघीय संसद अन्तर्गतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक स्थगित भएको छ । बैठक मंगलबार सिंहदरबारमा बोलाइएको थियो । अर्थ समितिका अधिकांश सांसदहरु अनुपस्थित भएपछि बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
साढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । सांसदहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताउनुभयाे ।
संयुक्त बैठकका लागि मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको लाइसेन्स खरिद बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।