What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

जनजागृति माविको स्वर्ण जयन्ती तयारी तीब्र
What To Know
- सं २०२४ सालमा स्थापित जनजागृति माध्यमिक विद्यालयले यही पुस एक गते साताब्यापी विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउन लागेको हो । अहिले आर्थिक संकलन, विद्यालय रङ्गरोगन, तथा अतिरिक्त क्रियाकलाको तयारी लगायतका काम भइरहेको प्रचारप्रसार समितिका संयोजक विष्णु गाहाले जानकारी दिनुभयो ।.
- “गुल्मी कै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको जनजागृतिको स्वर्ण जयन्तीको तयारी अब अन्तिम चरणमा पुगेको छ,” प्रचार प्रसार समिति संयोजक गाहाले भन्नुभयो, “अहिले विभिन्न क्षेत्रबाट आर्थिक संकलन लगायतका ब्यस्थापनका काम भइरहेको छ । विद्यालयको स्मारिका पनि यसै अबसरमा प्रकाशन गर्दै छौँ । आर्थिक सहयोगदाताहरुलाई प्रदान गरिएको रकमका आधारमा कार्यक्रममा सम्मान पनि गरिनेछ ।”.
गुल्मी । छत्रकोट गाउँपालिका एक हुँगास्थित श्री जनजागृति माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तयारी तीब्र पारिएको छ । वि.सं २०२४ सालमा स्थापित जनजागृति माध्यमिक विद्यालयले यही पुस एक गते साताब्यापी विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउन लागेको हो । अहिले आर्थिक संकलन, विद्यालय रङ्गरोगन, तथा अतिरिक्त क्रियाकलाको तयारी लगायतका काम भइरहेको प्रचारप्रसार समितिका संयोजक विष्णु गाहाले जानकारी दिनुभयो ।
एक गते हुने उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवावी सहभागी हुनुहुने छ । कार्यक्रममा बरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने लगायत सांस्कृतिक संस्थानका कलाकार र स्थानीय प्रतिभाहरुले समेत सांगीतिक प्रस्तुती दिनेछन् ।
“गुल्मी कै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको जनजागृतिको स्वर्ण जयन्तीको तयारी अब अन्तिम चरणमा पुगेको छ,” प्रचार प्रसार समिति संयोजक गाहाले भन्नुभयो, “अहिले विभिन्न क्षेत्रबाट आर्थिक संकलन लगायतका ब्यस्थापनका काम भइरहेको छ । विद्यालयको स्मारिका पनि यसै अबसरमा प्रकाशन गर्दै छौँ । आर्थिक सहयोगदाताहरुलाई प्रदान गरिएको रकमका आधारमा कार्यक्रममा सम्मान पनि गरिनेछ ।”
मुल समारोह समितिका संयोजक महेश्वर भण्डारी, उपसयोजक यमलाल भण्डारी, छत्रकोट गाउँपालिका वडा नम्वर १ का अध्यक्ष धातानन्द भण्डारी, विद्यालयका प्रधानाध्यापक कमला भण्डारी, स्मारिका प्रकाशन उपसमितिका रणबहादुर पल्ली लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुसँग भेटघाट तथा छलफलमा ब्यस्त रहेको संयोजक गाहाले जानकारी दिनुभयो ।