बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

तिन जिल्लाको संगम स्थल रिडीलाई उज्यालो पार्न करोड बत्ती बालिने
पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रूरू क्षेत्रको रिडीमा करोड दिप प्रज्जवलन गरिने भएको छ । प्रचारप्रसारका लागि हुन लागेको धार्मिक महोत्सवको अवसरमा बत्ती बाल्न लागिएको हो ।
यही मंसिर २६ गते चौथो भजन महोत्सव सुरु हुर्दै छ । रूरू धार्मिक सञ्चार प्रालिको आयोजनामा हुने चौथो भजन महोत्सवमा, करोडदीप प्रज्जवलन, दोहोरो शंक बजाउने प्रतियोगिता लगायत विविध कार्यक्रमको तयारी गरिएको छ ।
महोत्सवको अवसरमा तानसेन नगरपालिका–१४, रूरू गाउँपालिका–१, कालीगण्डकी गाउँपालिका–१ का ८४ वर्ष पुगेका वृद्ध–वुद्धाबीच पुर्नमिलन तथा सम्मान ,बृहत भण्डारा कार्यक्रमको आयोजना गरिएको सञ्चार प्रालिका प्रवन्धक चुरामणी तिमिल्सिनाले जानकारी दिनुभयो । महोत्सवमा पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाबाट महोत्सव अवलोकन हुने आयोजकले लक्ष्य लिएको छ । नेपालको चार धाम मध्ये रूरू क्षेत्र एक मानिन्छ ।