What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एन आई सी एशिया बैंकद्वारा साझा घर र दुई विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण
What To Know
- बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’लाई फर्निचर तथा बेड उपलब्ध गराएको छ। त्यस्तै, बाराको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई ल्यापटप र प्रोजेक्टर तथा झापाको मेचीनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई स्मार्टबोर्ड र ल्यापटप हस्तान्तरण गरेको छ।.
- सोही दिन आयोजित अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरेका थिए। श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी र श्री अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।.
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत एक परोपकारी संस्था तथा दुई सामुदायिक विद्यालयलाई विभिन्न सहयोग सामग्री प्रदान गरेको छ।
बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’लाई फर्निचर तथा बेड उपलब्ध गराएको छ। त्यस्तै, बाराको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई ल्यापटप र प्रोजेक्टर तथा झापाको मेचीनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई स्मार्टबोर्ड र ल्यापटप हस्तान्तरण गरेको छ।
ज्येष्ठ २१ गते आयोजित कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए। उक्त संस्थाले हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई आश्रय र हेरचाह प्रदान गर्दै आएको छ।
त्यसैगरी, ज्येष्ठ २२ गते आयोजित कार्यक्रममा वीरगन्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर हस्तान्तरण गरेका थिए।
सोही दिन आयोजित अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरेका थिए। श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी र श्री अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
बैंकका अनुसार उक्त सहयोगले साझा घरमा आश्रित व्यक्तिहरूको दैनिक जीवनलाई थप सहज र स्वस्थ बनाउन मद्दत पुग्नेछ। साथै विद्यालयहरूलाई प्रदान गरिएका शैक्षिक सामग्रीले डिजिटल शिक्षण प्रणालीलाई सुदृढ बनाउन, विद्यार्थीको सहभागिता बढाउन तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।






