What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
डाउनपेमेन्ट बिनै शून्य ब्याजदरमा Honor स्मार्टफोन किन्न एनआईसी एशिया बैंक र EFIX Nepal बीच सम्झौता
What To Know
- काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपालका लागि Honor ब्राण्डका स्मार्टफोनको आधिकारिक विक्रेता EFIX Nepal प्रालिबीच बैंकका ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।.
- बैंकले आफ्ना ग्राहकको डिजिटल बैंकिङ आवश्यकता सम्बोधन गर्दै सेवा अनुभवलाई थप सहज र प्रभावकारी बनाउन EFIX Nepal सँग सहकार्य गरेको जनाएको छ। सम्झौतापत्रमा बैंकका चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र EFIX Nepal का आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन्।.
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपालका लागि Honor ब्राण्डका स्मार्टफोनको आधिकारिक विक्रेता EFIX Nepal प्रालिबीच बैंकका ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
बैंकले आफ्ना ग्राहकको डिजिटल बैंकिङ आवश्यकता सम्बोधन गर्दै सेवा अनुभवलाई थप सहज र प्रभावकारी बनाउन EFIX Nepal सँग सहकार्य गरेको जनाएको छ। सम्झौतापत्रमा बैंकका चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र EFIX Nepal का आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार एन आई सी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले Honor ब्राण्डका स्मार्टफोन efix.com.np बाट खरिद गर्दा शून्य प्रतिशत ब्याजदर (० प्रतिशत EMI) मा सुविधा लिन सक्नेछन्। ग्राहकले कुनै डाउनपेमेन्ट तथा अतिरिक्त ब्याजबिनै अधिकतम १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
मासिक किस्ताबन्दी सुविधाका लागि ग्राहकले बैंकको InstaBuy पोर्टलमार्फत अनलाइन आवेदन दिई खरिद रकमलाई किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन्।
त्यस्तै, विदेशमा रहेका नेपालीहरूले पनि EFIX Nepal को वेबसाइटमार्फत बैंकको ‘Cybersource’ अनलाइन भुक्तानी प्रणाली प्रयोग गरी नेपालमा रहेका आफ्ना परिवार वा आफन्तका लागि स्मार्टफोन खरिद गरेर उपहार पठाउन सक्नेछन्। उक्त प्रणालीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूले जारी गरेका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।
बैंकले यस सहकार्यबाट ग्राहकलाई सहज डिजिटल भुक्तानी सेवा उपलब्ध हुनुका साथै स्मार्टफोन खरिद गर्दा आर्थिक भार कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।






