शीतल निवासमा सुदनको शपथ, बौद्धमा दलाई लामाका विशेष दूतलाई रेड कार्पेट

What To Know

  • उनलाई क्लिनचिट दिने कुनै स्वतन्त्र निकाय वा सरकारभन्दा बाहिरको छानविन समितिले होइन । सरकार आफैंले गठन गरेको छानबिन समितिले सम्पत्ति, शेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नको बनावटी उत्तर खोजेको हो । सरकारी छानविन समितिले कुनै गम्भीर अनियमितता नदेखिएका भनी बेदाग करार गरेका सुदनको शपथ भएको छ, पदबहाली भएको छ । र, अझ उपद्रवको अभिव्यक्ति आएको छ, माननीय ज्यूबाट । दरबार हत्याकाण्डको फाइल उधिन्नेदेखि जेनजी आन्दोलनको फौजदारी अभियोगबारे अध्ययन गर्ने सम्मको युक्ति सुनाएका छन्, माननीयले ।.
  • बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु ताइसितुपा भारतको काँगडा हिमाचल प्रदेशमै बस्ने गरेका छन् । जहाँ फ्रितिब्बत मुभमेन्टका अमु्क नेता एवं तिब्बती धर्मगुरु दलाई लामा निर्वासित जीवन विताइरहेका छन् । यी तिनै ताइसितुपा हुन् जसले २०७२ सालको गोरखा भूकम्पपछि बौद्ध स्तुपाको पुननिर्माणका लागि ठूलो सहयोग गरेका थिए । बौद्धनाथ क्षेत्रका केही जानकारहरुका अनुसार उनले त्यसबेला ३० किलो सुन चढाउँदा कुनै बौद्ध धर्मगुरुको अस्तिधातु समेत बौद्धस्तुपाको शिखरभागमा राख्न लगाएका थिए । दलाई लामाका पद प्रदर्शक ताइसितुपा र जोनाङ ग्याल्त्साब रिम्पोछे नेपाल आउँदा राजनीतिक उथलपुथल वा फेरबदल हुने गरेको बताइन्छ ।.

काठमाडौं । मजाकै मजाकमा राज्य सञ्चालनको मुख्य संयन्त्र सरकारको विशिष्टिकृत मन्त्रालय गृहको जिम्मेवारी पाएका कथित जेन्जी अगुवा सुदन गुरुङको फेरि मजाकपूर्ण पुनर्वहाली भएको छ ।

डेढ एक महिना अघि सार्वजनिक प्रश्नको घेराबन्दीले गृहमन्त्रीको पदबाट हात धुनु परेका गुरुङ फेरि उही बरीयता, उही पद तथा उही जिम्मेवारीमा फेर्किएका छन् । तर, हिजो नैतिकताको प्रश्न उठेपछि राजीनामाको हल्काफुल्का देखावटी गरेका सुदनले रातारात कुन् त्यस्तो उच्चतम नैतिकवान् काम गरे ? वा त्यस्तो चामत्कारिक के जादुई छडी फेला पारे ? अर्कोतर्फ सम्पत्ति, शेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नको स्वतन्त्र पुष्टि भएको आधार के ? भनेर शोधखोज गर्ने हो भने, जवाफ –उही गोलो आलु ।

उनलाई क्लिनचिट दिने कुनै स्वतन्त्र निकाय वा सरकारभन्दा बाहिरको छानविन समितिले होइन । सरकार आफैंले गठन गरेको छानबिन समितिले सम्पत्ति, शेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नको बनावटी उत्तर खोजेको हो । सरकारी छानविन समितिले कुनै गम्भीर अनियमितता नदेखिएका भनी बेदाग करार गरेका सुदनको शपथ भएको छ, पदबहाली भएको छ । र, अझ उपद्रवको अभिव्यक्ति आएको छ, माननीय ज्यूबाट । दरबार हत्याकाण्डको फाइल उधिन्नेदेखि जेनजी आन्दोलनको फौजदारी अभियोगबारे अध्ययन गर्ने सम्मको युक्ति सुनाएका छन्, माननीयले ।

तर, उनको सत्ता फिर्तिको दिन बौद्धनाथ स्तुपमा गरिएको तामझामले शंका जन्माएको छ । शीतल निवासमा सुदनको शपथ हुँदै गर्दा बौद्धनाथ स्तुपमा तिब्बती धर्मगुरु दलाई लामाका पथ प्रदर्शक ताइसितुपा रिम्पोछेलाई रेड कार्पेट ओछ्याउने काम भएको छ ।

बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु ताइसितुपा भारतको काँगडा हिमाचल प्रदेशमै बस्ने गरेका छन् । जहाँ फ्रितिब्बत मुभमेन्टका अमु्क नेता एवं तिब्बती धर्मगुरु दलाई लामा निर्वासित जीवन विताइरहेका छन् । यी तिनै ताइसितुपा हुन् जसले २०७२ सालको गोरखा भूकम्पपछि बौद्ध स्तुपाको पुननिर्माणका लागि ठूलो सहयोग गरेका थिए । बौद्धनाथ क्षेत्रका केही जानकारहरुका अनुसार उनले त्यसबेला ३० किलो सुन चढाउँदा कुनै बौद्ध धर्मगुरुको अस्तिधातु समेत बौद्धस्तुपाको शिखरभागमा राख्न लगाएका थिए । दलाई लामाका पद प्रदर्शक ताइसितुपा र जोनाङ ग्याल्त्साब रिम्पोछे नेपाल आउँदा राजनीतिक उथलपुथल वा फेरबदल हुने गरेको बताइन्छ ।

अर्कोतर्फ निर्वाचनमा झण्डै दुई तिहाई बहुमत ल्याएर मुलुकको सर्वेसर्वा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र के गृहमन्त्री बन्ने कुनै अनुहार नै फेला नपरेको हो ? भन्ने प्रश्न उठेको छ । अझ संविधानले ६ महिनापछि निर्वाचित हुन सक्नेको हकमा गैरसांसदलाई समेत मन्त्री बनाउने प्रावधान बोकेको छ ।

छनोट र विकल्पका सर्वोत्तम् बाटाहरु हुँदा हुँदै रास्वपाले प्रत्यक्ष चुनाव जित्ने प्रधानमन्त्री र गृहमन्त्रीबाहेक १२३ जना प्रतिनिधि सभा सदस्य र ५७ जना समानुपाति प्रतिनिधि सभा सदस्य कसैलाई पनि गृहमन्त्री बनाउन नमिल्ने हो ? भनी जनसाधारणले प्रश्न गर्न थालेका छन् ।

युवालाई नै गृह मन्त्रालय सुम्पिने छनोटको मानक हो भने पनि २५ वर्षका प्रशान्त उप्रेती, २६ वर्षका मनिष खनाल, २६ कै केपी खनाल, २८ वर्षका बब्लु गुप्ता र २९ वर्षीया निशा डाँगी किन बनेनन् गृहमन्त्री ? अनुभवको कुरा गर्ने हो भने लामो समय गृह प्रशासनमा बसेर काम गरेका एआईजीदेखि अन्य सुरक्षा निकायबाट सेवानिवृत्त भएका तथा हिजो गृहमन्त्रीको सचिवालयमा रहेर काम गरेकाहरु पनि सांसद छन् । सुदनलाई नै सुरक्षाको चाबी किन ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *