What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पहिलोपटक बस पुग्यो, खुसीयालीमा बृहत झाँकी प्रदर्शन
पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशीले हर्षित भएका छन । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नुका साथै स्थानीय आमा समूहले खुशीयालीमा बृहत झाँकीसमेत देखाएका थिए । गाउँमा पहिलो पटक बस भित्रिँदा निकै रमाइलो लागेको स्थानीयवासी तुकबहादुर सोतीले प्रतिक्रया दिनुभयो । रामपुर बजारदेखि साना जिप सञ्चालनमा आए पनि सडक विस्तारको समस्याका कारण ठूला गाडी गाउँमा पुग्न सकेका थिएनन् । अहिले स्थानीयवासीको सक्रियतामा सडक मर्मत गरेपछि बस गाउँमा पुर्याउन सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर पुलामीले बताउनु भयो । बस सेवा सञ्चालनले गाउँका उत्पादनलाई रामपुर बजारसम्म पु्याउन सहज हुनेछ ।