बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

ठुलो परिमाणमा पलाष्टीक झोला नष्ट
पाल्पा सदुरमुकाम तानसेन बजारमा निषेधीत प्लाष्टीजन्य झोला ठुलो परिमाणमा बरामद गरि नष्ट गरिएको छ । पछिल्लो समय तानसेन बजार भित्र नै पलाष्टीकजन्य झोलाको प्रयोग जथाभावि हिसाबले भएको गुनासोको आधारमा खटिएको नगर प्रहरी प्रमुख जयप्रकाश उप्रेत्तिको नगरप्रहरीको अनुगमन टोलीले ठुलो परिमाणमा पलाष्टीकजन्य झोल बरामद गरेको थियो । नगर प्रहरीको सक्रियतामा तानपा १ को मिशन, ६ को बतुङ्ग र ७ को प्रभास क्षेत्रबाट सबै भन्दा बढी अन्दाजी ३ क्वनटल पलाष्टीकजन्य झोला बरामद गरि जफत नष्ट गरिएको छ । प्लाष्टीक मुक्त सहर तानसेन बजारलाई सार्थक बनाउन बजार क्षेत्रमा पलाष्टीजन्य झोला पुर्णरुपमा बन्देज लगाइएकोे तानसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर अर्याले बताउनु भयो । पछिल्लो समय तानसेन बजारमा पलाष्टीजन्य झोला खुलेयाम विक्रि वितरण भई विक्रेता –उपभोक्ताले मनलागी प्रयोग गर्दा बजार क्षेत्र कुरुप बनेको छ । । पलाष्टीकजन्य झोलाको बढ्दो प्रयोगले वातावारण प्रदुषीत बन्नुको साथै मानव स्वास्थ्यमा प्रत्यक्ष असर पु्याउने भएकोले पनि बजारमा पलाष्टीकजन्य झोलाको प्रयोगमा पुर्ण रुपमा रोक लगाइए नगरपालिकाका वन तथा वातावरण व्यवास्थापन संयोजक भिम बहादुर कुमालले जानकारी दिनु भयो । सुन्दर नगरि तानसेन बजारलाई २०७० साल जेठ २२ गते पलाष्टी झोल मुक्त सहर घोषणा गरिएको थियो । पाल्पालाई छिटै नै पलाष्टीक मुक्ता जिल्ला घोषण गर्ने तयारी गरिएको छ । ०००