आजदेखि एमाले महाधिवेशन

What To Know

  • भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । जेनजी (नवयुवा) को आन्दोलनपछि हुन लागेको एमालेको ११ औँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।.
  • ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले भक्तपुरमा उद्घाटन गरेर काठमाडौँमा बन्दसत्र हुने महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन हुने छ । महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा (एमाले) ले जनाएको छ । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निस्किने छन् । ती जुलुस सल्लाघारीमा पुगेर उद्घाटन सभामा परिणत हुने छ । सिङ्गो काठमाडौँ उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुने एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउने छौँ,” एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दै छ ।.

भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । जेनजी (नवयुवा) को आन्दोलनपछि हुन लागेको एमालेको ११ औँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले भक्तपुरमा उद्घाटन गरेर काठमाडौँमा बन्दसत्र हुने महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन हुने छ । महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा (एमाले) ले जनाएको छ । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निस्किने छन् । ती जुलुस सल्लाघारीमा पुगेर उद्घाटन सभामा परिणत हुने छ । सिङ्गो काठमाडौँ उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुने एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउने छौँ,” एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दै छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *