What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एमाले समृद्धिको स्वप्नद्रष्टा हो : अध्यक्ष ओली
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक एमालेले अर्को एमालेसँग मन मिलाउनु, हात मिलाउनुमै पार्टी र देशको हित भएको बताउनुभएको छ ।
पार्टीको ११ औं महाधिवेशनको उदघाटनसत्रमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन संकटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँको भनाइ छ । एमाले फुटेर होइन, जुटेर संघर्ष गर्दा उपलब्धि हात लाग्छ, उहाँले भन्नुभयो ।
संसद विघटन असंवैधानिक रुपले गरिएकाले त्यसलाई बैधानिक ढंगले पुनःस्थापना आवश्यक रहेको बताउँदै उहाँले पुनःस्थपना गरेरै छाड्ने अडान सुनाउनुभयो । मुलुकको समृद्धि लोकतन्त्रको रक्षाविना सम्भव नरहेको बताउँदै उहाँले त्यसकालागि एमाले एकतावद्ध भएर संघर्ष गर्ने बताउनुभयो ।







