What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
लुम्बिनी एनपिएलको फाइनलमा : विराटनगर बाहिरियो
काठमाडौं । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनीले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
उपाधिका लागि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक उपविजेता सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।






