भैंसीको मासु अड्किएर नेपालीकाे मृत्यु

राजन पौडेल
पर्वत । कुश्मा नगरपालिका –१० पिपलटारीका एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ४१ वर्षीय कर्णबहादुर नेपालीको मंगलबार राति मृत्यु भएको हो । खाना खानेक्रममा घाँटीमा मासुको चोक्टा अड्किएपछि उपचारका लागि पर्वत जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार नेपालीले बेलुकाको खानासँग भैंसीको मासु खानेक्रममा अड्किएको थियो । घाँटीमा मासुको चोक्टा अड्किएर उपचारका लागि जिल्ला अस्पतालमा पु¥याउँदा अस्पतालले नेपालीलाई मृत्यु घोषणा गरेको थियो ।

मृतक नेपाली जिल्ला अदालत पर्वतमा कार्यालय सहयोगीकारुपमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *