What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
What To Know
- काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी गराउनुभएकाे छ । अहिले २५ जिल्लामा मात्रै यो कार्यक्रम लागू भएकाले चाँडै नै देशभरका सबै जिल्लामा यो कार्यक्रम लागू हुने बताउनुभयाे।.
- सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टिका टिप्पणीहरुमात्रै बढी भएको मन्त्री ज्ञवालीकाे भनाइ छ । ‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागत योग्य कुरा भए पनि सकारात्मक कामको पनि मुल्यांकन गर्नु पर्छ’ मन्त्री ज्ञवालीले भन्नुभयाे ।.
काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी गराउनुभएकाे छ । अहिले २५ जिल्लामा मात्रै यो कार्यक्रम लागू भएकाले चाँडै नै देशभरका सबै जिल्लामा यो कार्यक्रम लागू हुने बताउनुभयाे।
गुल्मीको छत्रकाेट गाउँपालिका १ हुँगाकी मृगौला पीडित १३ वर्षीया वालिका बन्दना भण्डारीलाई उपचारका लागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न प्रदेश पाँच पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले हालै सरकारले ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको प्रष्ट पार्नुभयाे।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा पैसा अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग हुने बताउनुभयाे। यस्ता कार्यले आम मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयाे।
सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टिका टिप्पणीहरुमात्रै बढी भएको मन्त्री ज्ञवालीकाे भनाइ छ । ‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागत योग्य कुरा भए पनि सकारात्मक कामको पनि मुल्यांकन गर्नु पर्छ’ मन्त्री ज्ञवालीले भन्नुभयाे ।
कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षिया वालिका बन्दना भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गर्नुभएकाे थियाे। बैदेशिक रोजगारीका क्रममा दुबइमा रहेका कुवेर लुईटेल र खिम केसीले संयोजन गरेर नेपालमा कलाकार बैकुण्ठ महत मार्फत उक्त रकम उपलव्ध गराइएको हो।