What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
मेयर बालेनलाई पितृशोक
काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहलाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सोमबार निधन भएको हो ।
प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् । बालेनलाई पितृ शोक परेको खबरले सरकारका मन्त्रीहरु, नेताहरु र बालेनका समर्थकहरु पनि अस्पताल पुगेका थिए।
शाह पेसाले आयुर्वेद चिकित्सक हुन् । उनी काठमाडौंको नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा काम गर्थे । लामो समय त्यहाँ काम गरेपछि उनी सिंहदरबारस्थित वैद्यखाना सरुवा भएका थिए ।






