What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
रुरु र छत्रकोटका घरटहरा हटाउँदै स्थानीय
What To Know
- सडक निर्माणमा बाधा पुगेपछि मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मीले यी दुई पालिकालाई सडक क्षेत्रमा रहेका संरचना हटाउन सहयोगका लागि अनुरोध गरेको थियो। आयोजना कार्यालयको अनुरोधपछि दुवै गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बजार क्षेत्रमा पर्ने घर तथा टहराहरू हटाउन स्थानीयलाई अपिल गरेका थिए।.
- त्यस्तै छत्रकोट गाउँपालिका २ को भेंडुवा बजार क्षेत्र, वडा नं ३ को लुम्छा, वडा नं ४ को धरमपोखरा, पिपलनेटा, श्रृङ्गा बजार लागयतका मदन भण्डारी राजमार्गले समेट्ने क्षेत्रमा सडकको मापदण्डभित्र पर्ने घर टहरा लगायतका संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी भएको थियो ।.
रेसुङ्गा (गुल्मी)। मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने रुरुक्षेत्र र छत्रकोट गाउँपालिकामा बाटो मिचेर बनाइएका घर टहरा तथा अस्थायी संरचनाहरू स्थानीय बासिन्दा आफैँले भत्काउन थालेका छन्।
सडक निर्माणमा बाधा पुगेपछि मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मीले यी दुई पालिकालाई सडक क्षेत्रमा रहेका संरचना हटाउन सहयोगका लागि अनुरोध गरेको थियो। आयोजना कार्यालयको अनुरोधपछि दुवै गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बजार क्षेत्रमा पर्ने घर तथा टहराहरू हटाउन स्थानीयलाई अपिल गरेका थिए।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, तम्घासले डेढ वर्षदेखि रिडीदेखि तम्घाससम्मको २५ किलोमिटर सडक कालोपत्रे गर्ने काम गरिरहेको छ।
रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीका अनुसार, बजार क्षेत्र बाहेकका स्थानमा कालोपत्रेको काम सकिए पनि बजार क्षेत्रका अस्थायी संरचना नहट्दा निर्माणमा समस्या आएको थियो। समस्या समाधान गर्न सार्वजनिक अपिल गरेपछि अहिले नागरिकले धमाधम घर टहरा भत्काएर आयोजनालाई सहयोग गरिरहेका छन्।
संरचनाका कारण काम नहुँदा धुलो, फोहोर, निर्माण कार्यमा बाधा पुगेको र संरचनाको क्षतिपूर्तिमा समेत समस्या रहेको थियो । रुरुक्षेत्र गाउँपालिकाका ५० मध्ये ३२ घरटहरा भत्काउन बाँकी रहेका थिए ।
त्यस्तै छत्रकोट गाउँपालिका २ को भेंडुवा बजार क्षेत्र, वडा नं ३ को लुम्छा, वडा नं ४ को धरमपोखरा, पिपलनेटा, श्रृङ्गा बजार लागयतका मदन भण्डारी राजमार्गले समेट्ने क्षेत्रमा सडकको मापदण्डभित्र पर्ने घर टहरा लगायतका संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी भएको थियो ।
छत्रकोटका पनि समस्या रहेका सबै ठाउँमा घरटहरा हटाउन थालेका छन् । समान्तर एलाइट जेभीले २०८२ फागुनमा सक्ने गरेर एक अर्ब ५० करोड रुपियाँको लागतमा २५ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता २०७९ फागुनमा गरेको थियो ।






