What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एन आई सी एशिया बैंकले NCHLसँग मिलेर नेपाल पे कार्ड जारी गर्ने
What To Know
- काठमाडौं। एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई स्वदेशी कार्ड सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (NCHL)सँग NEPALPAY Card जारी गर्न रणनीतिक सम्झौता गरेको छ।.
- यो सम्झौतापछि बैंक NEPALPAY अन्तर्गतको स्वदेशी कार्ड योजना (Domestic Card Scheme) काे प्रमुख साझेदार बनेको छ। बैंक NCHL द्वारा संचालित राष्ट्रिय कार्ड स्वीच (National Card Switch–NPS/NCS) मा पनि प्रमुख साझेदारको रूपमा स्थापित भएको छ।.
काठमाडौं। एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई स्वदेशी कार्ड सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (NCHL)सँग NEPALPAY Card जारी गर्न रणनीतिक सम्झौता गरेको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र NCHLका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।
यो सम्झौतापछि बैंक NEPALPAY अन्तर्गतको स्वदेशी कार्ड योजना (Domestic Card Scheme) काे प्रमुख साझेदार बनेको छ। बैंक NCHL द्वारा संचालित राष्ट्रिय कार्ड स्वीच (National Card Switch–NPS/NCS) मा पनि प्रमुख साझेदारको रूपमा स्थापित भएको छ।
सम्झौताले बैंकलाई राष्ट्रिय भुक्तानी स्वीचसँग पूर्ण रूपमा जोडिन मद्दत गर्नेछ। यसबाट NEPALPAY Card जारी गर्ने प्रक्रिया सहज हुनेछ। यस्तै, देशभरका POS र ATM नेटवर्कमार्फत हुने कारोबार राष्ट्रिय शुल्क संरचनाअन्तर्गत नै रहने व्यवस्था सुनिश्चित गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार NEPALPAY Card ले आधुनिक, भरोसालायक र राष्ट्रिय मापदण्डअनुसारको स्वदेशी कार्ड सेवा ग्राहकसम्म पु¥याउनेछ। यसले डिजिटल बैंकिङलाई थप सुदृढ बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले NEPALPAY Card मार्फत डिजिटल भुक्तानी विस्तार भई देशमा वित्तीय पहुँच बढ्ने तथा नगदरहित अर्थतन्त्रको विकासमा योगदान पुग्ने अपेक्षा गरेको छ।






