काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
सुनको भाउ तोलामा तीन हजारले बढ्याे, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ। गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आइतबार तीन हजारले बढेर दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु. तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ मा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस






