What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

काठमाडौंमा राति प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने, खोक्दा र भान्सामा भाडाँकुडाँ चलाउँदा ठूलाे आवाज गर्न नपाइने
What To Know
- काठमाडाैं । राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी नलगाउन अनुरोध गरेको हो ।.
- प्रहरी कार्यालयले ध्वनि, धुँवा र फोहोर प्रदूषणमुक्त छिमेकी अभियानको थालनी गरेसँगै यस्तो अनुरोध गरेको हो । ध्वनि प्रदूषणले गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भन्दै यस्तो अभियानको थालनी गरेको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।.
काठमाडाैं । राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी नलगाउन अनुरोध गरेको हो ।
प्रहरी कार्यालयले ध्वनि, धुँवा र फोहोर प्रदूषणमुक्त छिमेकी अभियानको थालनी गरेसँगै यस्तो अनुरोध गरेको हो । ध्वनि प्रदूषणले गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भन्दै यस्तो अभियानको थालनी गरेको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
यसका अलावा सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मान्यतासमेत प्रभावित हुने एवं सामाजिक सम्बन्धमा प्रतिकूल असर पर्ने हुँदा घर, परिवार र छिमेकीको हितका लागि यस्तो अनुरोध गरेको सूचनामा उल्लेख छ ।
राति अबेर शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने, राति अबेर वा बिहान सबैरै प्रेसर कुकरमा सिटी नलगाउन प्रहरी कार्यालयको अनुरोध छ । त्यसैगरी, अबेरसम्म ठूलो स्वरले गफगाफ नगर्न, भान्साका भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न प्रहरीको अनुरोध छ । ००००