What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

यी हुन् नेपालमा बन्द भएका सामाजिक सञ्जाल हेर्नुस् लिस्ट
What To Know
- काठमाडौं । सरकारले फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको मन्त्रिस्तरीय निर्णयले नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको हो ।.
- यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताउनुभएको छ । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको उहाँले जिकिर गर्नुभयो । उहाँले सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुने बताउनु भयो ।०००.
काठमाडौं । सरकारले फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको मन्त्रिस्तरीय निर्णयले नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको हो ।
सामाजिक सञ्जाललाई नेपाल भित्र निष्कृय गराउन र सूचीकरण गर्न आएमा सोही क्षणदेखि पुन सक्रिय गराउन नेपाल सरकार दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताउनु भयो । निर्देशन बिहीवारबाट लागू हुने र दर्ता गर्न आए आएकै दिनबाट खुला हुने जानकारी दिनुभयो ।
सञ्चारमन्त्री गुरुङकाअनुसार नेपालमा सञ्चालित भएका सामाजिक सञ्जाल कति छन् भनेर सञ्चार मन्त्रालयले अध्ययन गरेको थियो । करिव २४÷२५ वटा ठूला, मझौला खालका छन् । मेटा कम्पनी ठूलो खालको सामाजिक सञ्जाल हो ।
प्रतिबन्ध लगाइएका सामाजिक सञ्जाल
नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएको छ । प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो ।
प्राधिकरणका अनुसार फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्स एप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो रहेका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताउनुभएको छ । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको उहाँले जिकिर गर्नुभयो । उहाँले सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुने बताउनु भयो ।०००