What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एन आई सी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क हाेटल एण्ड रिसाेर्टमा १५ प्रतिशतसम्म छुट
What To Know
- काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकले अब Landmark Hotels and Resorts मा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको सम्झौतापछि बैंकका ग्राहकले डिजिटल भुक्तानीमार्फत सेवा लिँदा छुट सुविधा प्राप्त गर्न सक्ने भएका हुन् ।.
- सम्झौता अनुसार ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधा पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेका Landmark Hotels and Resorts मा लागू हुनेछ ।.
काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकले अब Landmark Hotels and Resorts मा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको सम्झौतापछि बैंकका ग्राहकले डिजिटल भुक्तानीमार्फत सेवा लिँदा छुट सुविधा प्राप्त गर्न सक्ने भएका हुन् ।
सम्झौता अनुसार ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधा पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेका Landmark Hotels and Resorts मा लागू हुनेछ ।
छुट लिन बैंकका ग्राहकले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष सुविधा दिलाउनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबार संस्कृतिलाई बल पुर्याउने अपेक्षा गरिएको छ ।






