वीरगन्जमा समुदायस्तरमै फैलियो हैजा, ५४ जनामा सङ्क्रमण पुष्टि !

What To Know

  • नारायणी अस्पतालमा मात्रै २५ जना हैजा र ४५ जना झाडापखालाका बिरामीको उपचार भइरहेको छ । त्यस्तै तराई अस्पतालमा १२ जना, नेसनल मेडिकल कलेजमा ६ जना, वीरगन्ज हेल्थ केयरमा ३ जना र अन्य अस्पतालहरूमा समेत बिरामी भर्ना छन् ।.
  • हैजा नियन्त्रणका लागि महानगरले आइतबार र सोमबार सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै, सडक किनारमा पाइने पानी पुरी, चाट, भाजा जस्ता खाद्यवस्तु बिक्रीमा रोक लगाएको छ ।.

पर्सा। वीरगन्जमा समुदायस्तरमै हैजा फैलिएकाे छ । वीरगन्ज महानगरपालिकाका अनुसार शुक्रबार साँझ तराई अस्पतालमा तीन जनामा हैजा पुष्टि भएलगत्तै समुदायस्तरमै रोग फैलिएको पुष्टि भएको हो ।

नारायणी अस्पतालमा मात्रै २५ जना हैजा र ४५ जना झाडापखालाका बिरामीको उपचार भइरहेको छ । त्यस्तै तराई अस्पतालमा १२ जना, नेसनल मेडिकल कलेजमा ६ जना, वीरगन्ज हेल्थ केयरमा ३ जना र अन्य अस्पतालहरूमा समेत बिरामी भर्ना छन् ।

अधिकांश संक्रमित वडा ११, १२, १६ र १८ का बासिन्दा रहेका छन् । हैजाबाट अहिलेसम्म आधिकारिक मृत्यु पुष्टि नभए पनि दुई जनाको मृत्यु हैजासँग मिल्दोजुल्दो लक्षणका कारण भएको आशंका गरिएको छ ।

हैजा नियन्त्रणका लागि महानगरले आइतबार र सोमबार सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै, सडक किनारमा पाइने पानी पुरी, चाट, भाजा जस्ता खाद्यवस्तु बिक्रीमा रोक लगाएको छ ।

स्वास्थ्यकर्मीका अनुसार हैजाका लक्षणहरूमा लगातार झाडापखाला, बान्ता, पेट दुख्ने, ज्वरो र शरीरमा पानीको कमी देखिन्छ, र समयमै उपचार नभए घातक हुन सक्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *