नाडा अटो शो २०२५ मा दर्शककाे ऐतिहासिक सहभागिता

What To Know

  • काठमाडौँ। काठमाडाैंमा जारी नाडा अटो शो २०२५ ले यसपटक दर्शक संख्यामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केवल तीन दिनमै ७८ हजार ५१३ जनाले अटो शो अवलोकन गरेका छन्। बिहीबार सभामुख देवराज घिमिरे पनि नाडा अवलाेकन गर्न पुग्नु भएकाे थियाे ।.
  • अध्यक्ष चाैधरीले भनेका छन्, “यो उपलब्धि कुनै अन्त्य होइन, नयाँ सुरुवात हो। यसले हाम्रो अपेक्षा अझ बढाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन थप आत्मविश्वास दिलाएको छ।”.

काठमाडौँ। काठमाडाैंमा जारी नाडा अटो शो २०२५ ले यसपटक दर्शक संख्यामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केवल तीन दिनमै ७८ हजार ५१३ जनाले अटो शो अवलोकन गरेका छन्। बिहीबार सभामुख देवराज घिमिरे पनि नाडा अवलाेकन गर्न पुग्नु भएकाे थियाे ।

देशभरका स्थानीय तहबाट पनि जनप्रतिनिधिहरू नाडा अटाे शाे अवलाेकनका लागि काठमाडाैं आएका छन् । पहिलाे दिन देखि नै अवलाेकन कर्ताहरूकाे भीड लागेकाे छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “आर्थिक चुनौतीका बीच पनि यो तथ्याङ्कले नेपाली जनतामा अटो शोप्रति बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा देखाएको छ।”

एशोसिएशनका अध्यक्ष करण चाैधरीले यसलाई अन्त्य नभई नयाँ सुरुवातको रुपमा लिँदै नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन यो उपलब्धिले थप आत्मविश्वास दिएको बताए।

अध्यक्ष चाैधरीले भनेका छन्, “यो उपलब्धि कुनै अन्त्य होइन, नयाँ सुरुवात हो। यसले हाम्रो अपेक्षा अझ बढाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन थप आत्मविश्वास दिलाएको छ।”

नाडाले अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *