What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
काठमाडौँ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको छ। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखे पनि विधेयक बहुमतले पारित भएको हो।
समितिको बिहीबारको बैठकले करिब नौ महिना लामो छलफलपछि विधेयक टुंगोमा पुर्याएको हो। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादव, रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद बिना जैसवालले फरक मत राखेका छन्।
विधेयकले लामो समयदेखि विवादित विद्यार्थी छात्रवृत्ति मुद्दा पनि समाधान गरेको छ। सरकारले प्रस्ताव गरेको साढे दुई प्रतिशतलाई बढाएर तीन प्रतिशतमा सहमति गरिएको हो।
समितिका सभापति अम्मरबहादुर थापाका अनुसार बिहीबार पारित विधेयक अब प्रतिनिधि सभाको आगामी बैठकमा पेश गरिनेछ। उनले यो विधेयक २०८१ मंसिरमा समितिमा दर्ता भएको जानकारी पनि दिए।






