What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एन आई सी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट
What To Know
- ग्राहकले Consultant OPD/Emergency OPD, General Bed, Cabin, ICU, NICU, Post-Operative Room, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Surgery, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, Endoscopy र Medicine जस्ता सेवामा छुट सुविधा पाउनेछन्।.
काठमाडाैं । धनगढी । एन आई सी एशिया बैंकका ग्राहकले अब कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्।
यस सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र एन आई सी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकले धनगढीस्थित कैलाली हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गरेमा विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले Consultant OPD/Emergency OPD, General Bed, Cabin, ICU, NICU, Post-Operative Room, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Surgery, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, Endoscopy र Medicine जस्ता सेवामा छुट सुविधा पाउनेछन्।
यस सुविधाको लागि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता पुग्ने र मुलुकमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारतर्फ सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।