What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकका ग्राहकका लागि लेट मेइन स्किन हस्पिटलमा विशेष छुट सुविधा
काठमाडौं । एनआईसी एशिया बैंक र लेट मेइन स्किन हस्पिटलबीच सम्झौता भई बैंकका ग्राहकहरूलाई कोरियन सौन्दर्य सेवामा विशेष छुट उपलब्ध हुने भएको छ ।
काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज तथा पोखराको चिप्लेढुंगामा सञ्चालित लेट मेइन स्किन हस्पिटलमा सेवा लिँदा एनआईसी एशिया बैंकका ग्राहकहरूले विभिन्न स्किन तथा ब्यूटी उपचारमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूले हेयर ट्रान्सप्लान्ट, फेशियल, एन्टी-एजिङ ट्रीटमेन्ट, दाग उपचार, डन्डीफोर उपचार, तथा हाइपरबेरिक अक्सिजन थेरापी लगायतका सेवामा १० प्रतिशत छुट पाउने छन् । त्यसैगरी, लेट मेइनद्वारा उपलब्ध कोरियन उत्पादनहरूमा ८ प्रतिशत छुट पनि प्राप्त गर्न सकिनेछ ।
उक्त छुट प्राप्त गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले लेट मेइनसँगको सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय सेवा सहज मूल्यमा उपलब्ध हुनुका साथै डिजिटल भुक्तानीको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।






