उपत्यकाको घरजग्गा बेचेर सहकारीमा पैसा राखे, अहिले दुर्गमको जग्गा महँगोमा लिनुपर्ने बाध्यता !

What To Know

  • जबकी त्यो जग्गा रोपनीकै एक लाख पर्दैन । फेरि जग्गा नलिए बचत फिर्ता दिन सक्दैनौ भन्छन् । डुब्ने सहकारी त डुबे तर नडुबेका सहकारीलाई कमाउने वा ठग्ने मौका मिल्यो । कतिपय सहकारी बचत फिर्ता गर्नसक्ने अवस्थामा छन् । उनीहरुसँग पर्याप्त रकम छ । तर, अहिले ती सहकारीहरुले बचतकर्ताको निक्षेप फिर्ता नगर्न वा ठग्न नयाँ जुक्ति निकालेका छन् ।.
  • कर्णाली डेभलपेमेण्ट बैंक डुबिसक्यो । त्यहाँ लाखौं बचतकर्ताको चार खर्ब बढी रकम डुबेको छ । कर्णाली बैंक मात्र होइन, मुलुकमा सञ्चालन भइरहेका प्रायजसो बैंक संकटमा परिसके । त्यो चाहे सहकारी होस् या निजी बैंक । बैंकको पनि लगानी घरजग्गा, गाडी र सेयरमै हो । यी क्षेत्रको हालत अहिले के छ .

रुषा थापा
‘मेरी आमा साह्रै बाठी, चामल दिएर पिठो साटिन्’ भन्ने गीत कुनै बेला निकै चर्चित थियो । अहिले यो सहकारी बचतकर्तासँग ठ्याक्कै मेल खान पुगेको छ । काठमाडौं उपत्यका वा जिल्लाको सदरमुकाममा भएको घरजग्गा बेचेर, विदेशमा कमाएको वा स्वदेशमै व्यापार व्यवसाय, जागिर गरेर कमाएको पैसा मानिसहरुले सहकारीमा राखे ।

मासिक १२ देखि २२ प्रतिशत ब्याजको प्रलोभनमा एउटै व्यक्तिले लाखदेखि करोडौं रकम जम्मा गरे । बैंकमा भएको पैसा पनि निकालेर सहकारीमा राखियो । ‘घरघरमा धानको भकारी, टोलटोलमा सहकारी’ भनेर नारा लगाइयो । पाँच वर्षअघि एउटै घरमा सातदेखि नौ वटासम्म सहकारी सञ्चालन हुन्थे । कोठैपिच्छे सहकारी चलाइएको हुन्थ्यो । सहकारी तथा अन्य वित्तिय संस्थाको साधारणसभाले पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट भरिभराउ हुन्थ्यो ।

सहकारीको नौंटकी धेरै नै थियो । बचतकर्ताको बर्थडेमा घरमै केक लिएर पुग्थे । देश र जनताको हितमा काम गरेजसरी प्रमाणपत्रसहित सम्मान गर्ने । बुढाबुढीलाई लौरो उपहार दिने । देश–विदेशमा घुमफिर गर्न लैजाने । इन्स्युरेन्स गरिदिने । कोही बितेमा बचतकर्ताको घरमा फलफूलको काटुन नै लिएर सहकारी कर्मचारी पुग्थे ।

पैसा तान्न सहकारीले यस्तो नाटक गर्यो । अनि बचतकर्ता पनि त्यसमा सजिलै फसे । सम्मान पाएपछि मख्द्य । घुमफिर गर्न लगेपछि खुशी । अनि उनीहरुले आँखा चिम्लेर आफूसँग भएको सबै रकम सहकारीमा राखे । आफन्तलाई समेत राख्न लगाए । सहकारीमाथि बचतकर्ताले अन्धो विश्वास गर्नुको अर्को कारण थियो, भवन ।

सहकारी सञ्चालक, कर्मचारीहरुले सहकारीको नाममा धेरै ठाउँमा घरजग्गा हुनुका साथै सहकारी सञ्चालन भएको भवन पनि आफ्नै भएको दाबी गर्थे । उनीहरु भन्थे, ‘हाम्रो सहकारी डुबेपनि भवन बेचेर पैसा फिर्ता गछौं ।’ सहकारीका सञ्चालक, कर्मचारीहरुको यस्तो आश्वासनपछि सर्वसाधारणले विश्वास गरे ।

घडेरी बेचेकोदेखि बैंकमा भएको पैसासमेत निकालेर सहकारीमा राखे । सहकारीमा पैसा थुप्रियो, राखि नसक्नु भयो । अब त्यो पैसा के गर्ने त ? सहकारी सञ्चालक, अध्यक्षहरुले छिटो कमाउनु थियो । अनि उनीहरुले जनताको पैसा लगानी गरे घरजग्गा, गाडी र सेयरमा । आँखा जिम्लेर यी क्षेत्रमा अर्बौ लगानी गरियो ।

केही वर्ष त मज्जाले कमाएपनि । बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिए । हप्तैपिच्छे बचतकर्तालाई पाटी दिन्थे । मासु, बियर खुवाउँथे । पैसासमेत दिन्थे । यति भएपछि बचतकर्ता पनि मख्द्य । उनीहरुले आफ्नो पैसा कहाँ लगानी गरिएको छ ? भनेर सोधपुछ गरेनन् । ब्याज र खान पाएपछि चुपचाप बसे । देशभर दर्ता भएकामध्ये अहिले ९५ प्रतिशत सहकारी बन्द भइसकेका छन् । पाँच प्रतिशत सहकारीसमेत बचतकर्ताको रकम फिर्ता दिन नसक्ने अवस्थामा छन् ।

सहकारीले हिजो जति बचतकर्तालाई खुशी पारेका थिए, त्यति नै अहिले दुःख, हैरानी र पीडा दिइरहेका छन् । निक्षेप फिर्ता माग्दै सहकारी धाएको वर्षै बितिसक्यो । सहकारी पदाधिकारीहरु भोलि दिनछु भोलि दिन्छु भन्छन्, अनि भाग्छन् । हुँदाहुँदै उनीहरुले फेरि बचतकर्ता ठग्ने नयाँ उपाय निकालेका छन् ।

हिजो बचतकर्ताले काठमाडौं उपत्यका वा जिल्लाको सदरमुकाममा भएको आफ्नो घरजग्गा बेचेर सहकारीमा जम्मा गरे । अहिले ती बचतकर्तालाई निक्षेपको साटो दुर्गम जिल्लाको जग्गा निकै महँगो मूल्यमा लिन सहकारी सञ्चालक, अध्यक्षहरु दबाब दिइरहेका छन् । जुम्ला, कालीकोट, खोटाङलगायत दुर्गम जिल्लाको जग्गा आनाकै ५० लाखमा लिनुस् भन्छन् ।

जबकी त्यो जग्गा रोपनीकै एक लाख पर्दैन । फेरि जग्गा नलिए बचत फिर्ता दिन सक्दैनौ भन्छन् । डुब्ने सहकारी त डुबे तर नडुबेका सहकारीलाई कमाउने वा ठग्ने मौका मिल्यो । कतिपय सहकारी बचत फिर्ता गर्नसक्ने अवस्थामा छन् । उनीहरुसँग पर्याप्त रकम छ । तर, अहिले ती सहकारीहरुले बचतकर्ताको निक्षेप फिर्ता नगर्न वा ठग्न नयाँ जुक्ति निकालेका छन् ।

सस्तो मूल्यमा जग्गा किन्छन् अनि त्यही जग्गा महँगोमा लिन बचतकर्तालाई दबाब दिन्छन् । भन्छन्, ’हामीले लगानी गरेको जग्गा यही हो । लिनुस् ।’ एक लाख आनामा जग्गा किनेर बचतकर्तालाई २५ लाखदेखि ५० लाखसम्ममा लिन बाध्य बनाइरहेका छन् । हिजो बचत तान्न सहकारीले अनेकौ नाटक गरे ।

अनि पैसा थुप्रिएपछि फिर्ता नगर्न अनेक प्रपञ्च गरिरहेका छन् । सहकारीले त यस्तो गरे, बैंक अन्य वित्तिय संस्थाले गर्दैनन् भन्न सकिँदैन । त्यसैले, सबै सचेत हौं । बुढोपाकाले भन्थे, ’चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी ।’ हजारौं रुपैयाँ ब्याजको लोभमा मानिसहरुले आफ्नो करोडौं साँवा गुमाएका छन् ।

कर्णाली डेभलपेमेण्ट बैंक डुबिसक्यो । त्यहाँ लाखौं बचतकर्ताको चार खर्ब बढी रकम डुबेको छ । कर्णाली बैंक मात्र होइन, मुलुकमा सञ्चालन भइरहेका प्रायजसो बैंक संकटमा परिसके । त्यो चाहे सहकारी होस् या निजी बैंक । बैंकको पनि लगानी घरजग्गा, गाडी र सेयरमै हो । यी क्षेत्रको हालत अहिले के छ ? सबैलाई थाहै छ । त्यसकारण अब बैंक पनि धेरै समय टिक्ने छैन ।

बैंक, वित्तिय संस्थाहरुले ठग्नु ठगेका छन् । जनतालाई घर न घाटको अवस्थामा पुर्याएका छन् । यिनीहरुले कारण कयौंले आत्महत्या गरे, आफ्नो वंश सिध्याए । अब भने यिनीहरुको पालो आएको छ । भनिन्छ नि, अन्याय गर्नु, अत्याचार नगर्नू । बैंक, वित्तिय संस्थाले अत्याचार मात्र होइन, गर्नु सबै गरे ।

अनि ‘पाप धुरीबाट कराउँछ’ भनेझैं शुरुमा सहकारीले त्यसको भुक्तान गर्नुपर्यो, अब भने बैंकको पालो आउँदैछ । बजारमा घरजग्गा र गाडीको कारोबार पूरै ठप्प छ । सेयर एक दिन थोरै बढ्छ, अर्को दिन स्वाट्टै घट्छ । जनताको आफ्नै पीडा छ । सहकारीका कारण धेरै विस्थापित भएका छन् ।

उनीहरु विदेश पलायन भइरहेका छन् । यता, सरकारलाई चाँहि अर्थतन्त्र ठिकठाक भएको दाबी गरेर भ्याईनभ्याई छ । फेरि हप्तैपिच्छे मन्त्रिपरिषद् अर्बौ विदेशी ऋण स्वीकृत गर्छ । सरकार विदेशी ऋण ल्याउन ध्याउन्न छ ।

सहकारीहरु अझै पनि जनता कसरी ठग्ने भनेर योजना बनाइरहेका छन् भने हिजो गाउँको जग्गा छोडेर शहर पसेका नागरिक आज सहकारीले पैसा खाइदिँदा गाउँकै जग्गा महँगोमा लिई बस्नुपर्ने अवस्थामा पुगेका छन् । सहकारीका बचतकर्ता त यो हालतमा पुगे, अब बैंक, अन्य वित्तिय संस्थाका बचतकर्ता पनि सचेत हुने कि डुब्ने ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *