एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँत उपचारमा १५ प्रतिशतसम्म छुट

What To Know

  • काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच बैंकका ग्राहकहरूलाई दन्त उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ।.
  • छुट प्राप्त गर्नका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।.

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच बैंकका ग्राहकहरूलाई दन्त उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले कान्तिपुर डेन्टलका विभिन्न शाखामा उपचार गराउँदा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

ग्राहकहरूले जनरल अस्पताल सेवाहरू (जस्तै: ल्याब परीक्षण, बेड चार्ज, आईसीयू, पोस्ट अप बेड चार्ज) मा १५ प्रतिशत, फिजिओथेरापी, आँखा चश्मा, र सामान्य दन्त सेवाहरू (जस्तै: डेन्टल फिलिङ, स्केलिङ, आरसिटी, एक्स्ट्र्याक्सन आदि) मा १० प्रतिशत तथा विशेष दन्त सेवाहरू (जस्तै: डेन्टल इम्प्लान्ट, भिनियर, ब्रेसस, डर्माटोलोजी सेवा) मा ७ प्रतिशतसम्म छुट पाउनेछन्।

उक्त छुट जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टर, पोखरास्थित न्युरोडमा रहेको कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, सतुंगल (काठमाडौं), भरतपुर (चितवन) र भलवारी तिलोत्तमा (बुटवल) स्थित शाखाहरूमा उपलब्ध हुनेछ।

छुट प्राप्त गर्नका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ पुग्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *