एनआईसी एशिया बैंकद्वारा शेयर धितोमा आधारित नयाँ कर्जा योजना सार्वजनिक

What To Know

  • काठमाडौं । एनआईसी एशिया बैंकले शेयर धितोमा आधारित नयाँ कर्जा योजना ‘NIC ASIA ATHOT Loan Against Share’ सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नारासहित अगाडि बढिरहेको बैंकले यो योजना प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा ल्याएको हो।.
  • कर्जा उपलब्ध गराउने प्रक्रिया पनि छिटो र प्रभावकारी बनाइएको बैंकले जनाएको छ। आवश्यक कागजातहरू प्राप्त भएपछि तीन कार्यदिनभित्रै कर्जा उपलब्ध गराउने आन्तरिक व्यवस्था गरिएको छ।.

काठमाडौं । एनआईसी एशिया बैंकले शेयर धितोमा आधारित नयाँ कर्जा योजना ‘NIC ASIA ATHOT Loan Against Share’ सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नारासहित अगाडि बढिरहेको बैंकले यो योजना प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा ल्याएको हो।

बैंकका अनुसार, यो योजनामार्फत नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका अन्य कम्पनीका साधारण शेयरहरू धितो राखी न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा लिन सकिनेछ।

ग्राहकहरूले १८० दिनको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

कर्जा उपलब्ध गराउने प्रक्रिया पनि छिटो र प्रभावकारी बनाइएको बैंकले जनाएको छ। आवश्यक कागजातहरू प्राप्त भएपछि तीन कार्यदिनभित्रै कर्जा उपलब्ध गराउने आन्तरिक व्यवस्था गरिएको छ।

साथै, कर्जा सम्बन्धी सल्लाह, सुझाव वा गुनासो तथा जिज्ञासाहरूको समाधान छिटो र प्रभावकारी ढंगले गर्न ‘कर्जा सहायता केन्द्र’ को पनि स्थापना गरिएको बैंकले जनाएको छ।

बैंकले शेयर बजारलाई आर्थिक पिलरको रूपमा स्वीकार्दै ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै यो योजना ल्याएको बताएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *