What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट
What To Know
- काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.
- सम्झौता अनुसार देशभरका विभिन्न स्थानमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाबाट सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले छुट सुविधा प्राप्त गर्न सक्नेछन्।.
काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच सम्झौता भएपछि अब बैंकका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।
सम्झौता अनुसार देशभरका विभिन्न स्थानमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाबाट सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
उक्त छुट नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरको आईप्लेक्स मल, ठमेलको छायाँ सेन्टर, जावलाखेलको मिनिसो बिल्डिङ, कमलादीको सिद्धार्थ कम्प्लेक्स, सामाखुसीको सिटी स्वायर सेन्टर, महाराजगञ्जको भाटभटेनी, हेटौंडाको भाटभटेनी र गणेश बिल्डिङ, नारायणघाटको जोशी भवन र वीरगञ्जको रुङ्टा मलमा रहेका सैलुन शाखामा उपलब्ध हुनेछ।
ग्राहकहरूले छुटको लाभ लिन एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ अथवा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्न सकिनेछ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, लिजा श्री इन्टरप्राइजेजसँगको सहकार्यबाट ग्राहकलाई विशेष सुविधा मिल्नुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।






