एनआईसी एशिया बैंक र एएसजी आई केयरबीच आँखा उपचार सेवामा सहकार्य

What To Know

  • बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, सर्जरी प्रक्रियामा १५ प्रतिशत वा बढी छुट दिइनेछ, जुन १० हजार रुपैयाँसम्म हुन सक्नेछ। त्यसैगरी, Minor Investigation र Optical/Lens सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ। साथै, पहिलो पटक सेवा लिने ग्राहकहरूका लागि ओपीडी र दर्ता शुल्कमा पूर्ण छुटको व्यवस्था गरिएको छ।.
  • बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै आएकोमा एएसजी आई केयरसँगको यो सहकार्यले स्वास्थ्य सेवामा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र ग्राहकलाई सुलभ सेवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।.

काठमाण्डाैँ । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच आँखा उपचार सेवामा विशेष छुट प्रदान गर्ने सहकार्य भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले एएसजी आई केयरमा आँखा उपचार गराउँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, सर्जरी प्रक्रियामा १५ प्रतिशत वा बढी छुट दिइनेछ, जुन १० हजार रुपैयाँसम्म हुन सक्नेछ। त्यसैगरी, Minor Investigation र Optical/Lens सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ। साथै, पहिलो पटक सेवा लिने ग्राहकहरूका लागि ओपीडी र दर्ता शुल्कमा पूर्ण छुटको व्यवस्था गरिएको छ।

यस सुविधाको लाभ लिन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै आएकोमा एएसजी आई केयरसँगको यो सहकार्यले स्वास्थ्य सेवामा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र ग्राहकलाई सुलभ सेवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *